नेपाली कामदार जापान लैजाने समझदारीमा हस्ताक्षर हुँदै

Mar 25, 2019 Merolagani

जापानमा रोजगारीका लागि नेपाली कामदार लैजानेबारे ‘सहकार्यको समझदारी’ (एमओसी) मा नेपाल र जापान सरकारका प्रतिनिधिबीच आज हस्ताक्षर हुंदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा नेपाल र जापानका प्रतिनिधिबीच दिउँसो १२ः३० बजे समझदारी पत्रमा हस्ताक्षर गरिने कार्यक्रम छ ।

होटल हिमालय कुपोन्डोलमा हुने समझदारीलाई यस अघि नै दुवै देशका मन्त्रिपरिषद्ले पारित गरिसकेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारको गत साता बसेको मन्त्रिपरिषद् बैठकले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई सरकारको तर्फबाट सम्झौता कर्ता तोकेको थियो । सम्झौता पछि जापानमा नेपाली कामदार पठाउने ढोका औपचारिक रुपमा खुल्नेछ ।

नेपाली श्रमिक जापान पठाउन मन्त्रालय अन्र्तगत छुट्टै इकाई गठन गरेर कार्य प्रारम्भ हुने मन्त्रालयले जनाएको छ । सार्वजनिक नगरिएको समझदारी पत्रमा कामदार लैजाने विधि, कामदारको सेवा, सुविधा, सुरक्षा,नेपाली कामदारलाई जापानले गर्ने कानुनी व्यवहार लगायतमा दुई देशबीच सहमति जुटेको बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।