लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढ्यो

Mar 27, 2019 Merolagani

लक्ष्मी बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेका लक्ष्मी भ्यालु फण्ड र लक्ष्मी इक्विटी फण्ड दुबैको फागुन मसान्तमा प्रतिइकाई खुद सम्पत्ति मूल्य  (NAV) बढेको छ।

माघ मसान्तको तुलनामा फागुन मसान्तमा लक्ष्मी भ्यालु फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तमा १९ पैसाले बढेर १० रुपैयाँ ९० पैसा पुगेको छ भने लक्ष्मी इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पत्ति १० पैसाले बढेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ।

दुबै फण्डको खुद सम्पत्तिमा वृद्धि भएपश्चात प्रतिइकाई खुद सम्पति मूल्यमा सुधार आएको हो।

लक्ष्मी भ्यालु फण्ड–१ (LVF1

लक्ष्मी भ्यालु फण्ड–१ को माघ मसान्तमा १० रुपैयाँ ७१ पैसा रहेको प्रतिइकाई खुद सम्पति मूल्य फागुन मसान्तमा १९ पैसाले बढेर १० रुपैयाँ ९० पैसा पुगेको छ।

५० करोड आकारमा सञ्चालित यस फण्डको फागुन मसान्तमा खुद सम्पत्ति ५४ करोड ५९ लाख ४३ हजार ५५८ रुपैयाँ पुगेको छ। माघमा फण्डको खुद सम्पत्ति ५३ करोड ५६ लाख ३० हजार ९९ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा फण्डको खुद सम्पत्ति एक करोड तीन लाख रुपैयाँले बढेको हो । यस्तै सार्वजनिक निष्काशनमा ४० लाख ३८ हजार रूपैयाँ लगानी छ।

यस फण्डको सूचीकृत शेयरमा ३२ करोड १८ लाख १४ हजार ८९३ रुपैयाँ लगानी रहेको छ । माघ मसान्तमा यस्तो लगानी ७० लाख ६० हजार रुपैयाँले बढेको हो।

फण्डको नबिल बैंकको संस्थापक शेयरमा सबैभन्दा बढी ३ करोड ८ लाख ४२ हजार २३१ रुपैयाँ लगानी छ। ५ करोड रुपैयाँ मुद्धती निक्षेप र बैंक मौज्दात १६ करोड ७२ लाख ३१ हजार ८०१ रुपैयाँमा छ।

फागुन मसान्तसम्म फण्डको कूल आय ९ करोड ८० लाख ३० हजार ५३५ ऋणात्मक रहेको छ। माघ मसान्तको तुलनामा ९४ लाख १७ हजार रुपैयाँले नोक्सानी सुधार भएको हो।

लक्ष्मी इक्विटी फण्ड (LEMF

लक्ष्मी इक्विटी फण्डको माघ मसान्तमा ८ रुपैयाँ ५५ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति फागुन मसान्त १० पैसाले बढेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ।

एक अर्ब २५ करोड आकारमा सञ्चालित यस फण्डको फागुन मसान्तमा खुद सम्पत्ति एक अर्ब ८ करोड १६ लाख ६८ हजार ९२६ रुपैयाँ पुगेको छ। माघमा फण्डको खुद सम्पत्ति एक अर्ब ६ करोड ८४ लाख ५७ हजार ७६६ रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा फण्डको खुद सम्पत्ति एक करोड ३२ लाख ११ हजार रुपैयाँले बढेको हो।

यस फण्डको सूचीकृत शेयरमा ८२ करोड २४ लाख ४ हजार २२४ रुपैयाँ लगानी रहेको छ। माघ मसान्तको तुलनामा २ करोड ५८ लाख ७२ हजार १२३ रुपैयाँले सूचीकृत शेयरमा लगानी बढेको हो। यस्तै सार्वजनिक निष्काशनमा एक करोड ९५ हजार लगानी छ।

इक्वीटी फण्डको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को शेयरमा सबैभन्दा बढी ४ करोड १८ लाख ३६ हजार ३७५ रुपैयाँ लगानी रहेको छ। फण्डको मुद्धती निक्षेपमा ६ करोड रुपैयाँ छ भने १८ करोड ५४ लाख १० हजार ८२२ रुपैयाँ बैंक मौज्दात रहेको छ। माघको तुलनामा फण्डको बैंक मौज्दात २ करोड ५४ लाख ३ हजार ८२८ रुपैयाँले घटेको हो।

फागुन मसान्तसम्म फण्डको कूल आय २१ करोड ७४ लाख ५१ हजार ६५० ऋणात्मक रहेको छ। माघ मसान्तको तुलनामा एक करोड ३२ लाख ११ हजार रुपैयाँले नोक्सानी सुधार भएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।