मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँः ट्रम्प

Apr 03, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् । कांग्रेस र मध्य अमेरिकी सरकारलाई कठोर कदम उठाउने चेतावनी दिदैँ ट्रम्पले आफू अमेरिका-मेक्सिको सीमालाई बन्द गर्नका लागि पूर्ण रुपमा तयार रहेको बताएका हुन्।

ट्रम्पले सीमामा संकटको स्थिति रहेको बताउँदै भने, यदि मेक्सिकोले आफ्नो क्षेत्रबाट प्रवासीहरुलाई पठाउन बन्द गरेन र कांग्रेसले पनि कुनै कदम उठाएन भने सीमा पूर्ण रुपमा बन्द गरिनेछ । ट्रम्पले आफ्नो उक्त कदमबाट देशको आर्थिक स्थितिमा भने नकारात्मक प्रभाव पर्ने बताए । उनले भने, व्यापारको तुलनामा मेरो लागि सुरक्षा अधिक महत्वपूर्ण रहेको छ ।

गत वर्ष ट्रम्पले सीमा पर्खालका लागि ५ अर्ब ७० करोड डलर माग गरेका थिए । पर्खालका लागि बजेट दिने विषयमा विपक्षीसँगको विवादका कारण ५ सातासम्म अमेरिकाको संघीय काम आशिंक रूपमा बन्द गरेका थिए । यसअघि राष्ट्रपति निर्वाचनमा ट्रम्पले सीमामा पर्खाल लगाउने मुद्दालाई प्राथमिकतामा राखेका थिए ।

 

-एजेन्सी

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।