सबैको लघुवित्तले ५ लाख ३० हजार कित्ता आईपिओ जारी गर्ने

Apr 09, 2019 Merolagani

सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आईपिओ बिक्री गर्ने भएको हो ।

लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ छ।

कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

सबैको लघुवित्तले आइपिओ बिक्रीका लागि एनआइबीएल एस क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

वि.सं. २०७४ असार ३० गतेबाट आर्थिक कारोबार सुरु गरेको यस संस्थाले गत पुस मसान्तसम्म ३३ शाखाहरु मार्फत २४ करोड ६९ लाख निक्षेप ८८ करोड ३० लाख सापटीबाट एक अर्ब १४ करोड ४७ लाख कर्जा लगानी गरेको छ।

लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनी ५२ लाख ५५ हजार नोक्सानीमा रहेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।