स्वाभिमान लघुवित्तको आईपिओ आइतबार बाँडफाँड हुने

May 17, 2019 Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ५ गते आइतबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने भएको हो ।

लघुवित्तको आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदक बाट ६० लाख ६१ हजार ७७० कित्ता अर्थात ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ

स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो ।

कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।