नबिल बैंकसँग मर्जरबारे नेपाल बंगलादेश बैंकको यस्तो प्रष्टोक्ती

Apr 18, 2019 Merolagani

नेपाल बंगलादेश बैंक र नबिल बैंक बीच मर्जर सम्बन्धमा नेपाल बंगलादेश बैंकले बिहीबार नेप्सेलाई ध्यानाकषर्ण पत्र पठाएको छ । 

बिहीबार बैंकका कम्पनी सचिव विश्वप्रकास पौड्यालद्धारा प्रेशित पत्रमा दुई बैंक मर्जर गर्ने सम्बन्धमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतसंग नेपाल बंगलादेश बैंकका कुनै पनि पदाधिकारीले छलफल नगरेको प्रष्ट्याएकाे छ । 

बैंक मर्जर सम्बन्धी छलफल बैंकका कर्मचारी स्तरबाट नभई सञ्चालक समिति तथा लगानीकर्ताहरुबाट हुने भन्दै विज्ञप्तिमा केही अनलाईन सञ्चार माध्याममा आएका समाचारको खण्डन गरिएको छ ।

शेयर बजार मूल्य प्रभावित बनाउन कपोकल्पित समाचार सम्प्रेषण गरिएको भन्दै नेपाल बंगलादेश बैंकले भ्रममा नपर्न सर्वसाधरण शेयरधनी तथा सर्वसाधरण लगानीकर्तालाई आग्रह गरेको छ ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।