किन धरासयी बन्दैछ २५ वर्ष पुरानो विमान कम्पनी जेट एयरवेज ?

Apr 21, 2019 Merolagani

आर्थिक संकटको सामना गरिरहेको भारतीय निजी विमान कम्पनी जेट एयरवेजको संकट दिनप्रतिदिन बढिरहेको छ । एयरवेजले केही दिन पहिले मात्र आफ्ना सबै उडान अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिसकेको छ ।

एयरवेजले आपतकालीन कर्जा नपाएसँगै सबै उडान बन्द गरेको हो । एयरवेजले आग्रह गरेअनुसारको ४ सय करोड भारु आपतकालीन कर्जा नपाएसँगै आफ्ना सबै उडान अस्थायी रुपमा बन्द गर्ने निर्णय लिएको बताएको थियो ।

एयरवेजका सीईओ विनय दुबेले आफ्नो उडान जारी राख्नका लागि एसबीईसँग तत्कालै ६४० करोड रुपैयाँ दिनका लागि आग्रह गरेका थिए ।

१ अर्ब २० करोड डलर ऋण

२५ वर्ष पुरानो एयरलाइन्स कम्पनी जेटसँग अहिले १ अर्ब २० करोड डलर बराबरको ऋण छ । जेटको संकट बढेसँगै ४०० जना पाइलटले जागिर छोडिसकेका छन् । अब जेटसँग १३ सय जना पाइलट मात्र बाँकी रहेका छन् । ३ महिनादेखि तलब नपाएका कारण अरु पाइटलहरु पनि आन्दोलनमा रहेका छन् ।

जेट एयरवेजका २० हजार कर्मचारीहरुको जागिर धरापमा रहेको र उनीहरुको जागिर अब केबल कर्जादाताहरुको हातमा रहेको बताइएको छ ।

सरकार र बैंक जिम्मेवार

तलब नपाएका कारण उनीहरुलाई बच्चाहरु पढाउन र घरव्यवहार धान्न पनि मुस्किल भएको छ । केही कर्मचारीहरु आफ्नो साधन बेच्न र गहनाहरु बेच्न बाध्य भएको बताइएको छ । मुस्किलमा रहेका कर्मचारीहरुले केही दिन पहिले दिल्लीमा एकत्रित भएर प्रधानमन्त्रीसँग मद्दतका लागि शान्तिपूर्ण आग्रह पनि गरेका थिए । कर्मचारीहरुले जेटको त्यस्तो संकटपूर्ण अवस्थाका लागि सरकार र बैंकलाई नै जिम्मेवार बताएका छन् ।

उता बैंकहरुको संगठनले सरकारलाई जेट एयरलाइन्स अधिग्रहण गर्नका लागि आग्रह गरेको छ । ताकि जेटका कर्मचारीहरुको भविष्य सुरक्षित रहोस् । यसका साथ सरकारलाई बैंकहरुमाथि एयरलाइन्सलाई कर्जा दिनका लागि धेरै दबाब नदिन पनि भनेको छ ।

लिलामी प्रक्रिया प्रभावित हुनसक्ने

त्यस्तै जेट एयरवेजले आफ्ना कर्मचारीहरुलाई बाहिरी मानिसहरुसँग र विशेषगरी मिडियासँग कुरा नगर्नका लागि आदेश दिएको छ । एयरलाइन्सको हिस्सेदारी बेच्नका लागि जारी लिलामी प्रक्रियामा प्रभावित हुनसक्ने भन्दै एयरवेजले आफ्ना कर्मचारीहरुलाई बाहिरी मानिससँग नबोल्न आदेश दिएको बताइएको छ ।

अस्थाई रुपमा बन्द जेट एयरवेजका कर्मचारीहरुले आफ्नो तलब र एयरलाइन्सलाई आकस्मिक कर्जा दिलाउनका लागि राष्ट्रपति कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । उनीहरुले लिखीत रुपमा पत्र लेखेर एयरलाइन्सका कर्मचारीहरुको करियरलाई संकटबाट बचाउन भनेका छन् ।

कर्मचारीहरुले जेटको सञ्चालन बन्द हुदाँ त्यससँग जोडिएका अन्य मानिसहरु पनि प्रभावित हुने बताएका छन् । यसबाट हाल यात्रुहरु मारमा छन् भने कर्मचारी संगठनले पनि हवाई भाडा बढाउने तयारीमा रहेको बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।