दुई वर्ष पहिले किनेको ४३० कित्ता हकप्रद शेयर गायब

Apr 23, 2019 Merolagani

नवीन ढुंगाना । ललितपुर कुपण्डोलकी रिता अवाले महर्जनले सनराईज बैंक लिमिटेडले बिक्रीमा ल्याएको हकप्रद शेयर गत बर्ष खरिद गरिन् । बि.स.२०७४ बैशाख २८ गतेसम्म कायम शेयरधनीले सोही वर्षको असार १९ गतेसम्म खरिद गर्न पाउने गरी बैंकले एक करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

आफुसंग भएको १४ सय ३४ कित्ता शेयरको ३० प्रतिशत हकप्रद किन्न पाउने ब्यवस्था अनुसार रिताले ४३० कित्ता हकप्रद शेयर ४३ हजार रुपैयाँमा खरिद गरिन् । 

बि.स.२०७४ असार ९ गते शुक्रबार रिताले प्रभु क्यापिटल मार्फत हकप्रद खरिद गरेकी थिईन । उनले हकप्रद किन्न आवेदन गरेको समयमा शेयर खरिद प्रक्रिया अहिले जस्तो पूर्ण डिजिटल भई सकेको थिएन ।

रिताले भौतिक रुपमा हकप्रद खरिद गर्नु पर्दथ्यो कागजी फारममार्फत उनले गरिन पनि त्यस्तै । तर किनिएको हकप्रद शेयर भने डिम्याट खातामा आउने ब्यवस्था तत्कालिन अवस्थामा थियो ।

हकप्रद खरिदको अर्धकट्टी  हेर्नुहाेस्                                                         

आफ्नै व्यवसायमा ब्यस्त रिताले रकम तिरे पछि सो रकम बराबरको हकप्रद आफ्नो खातामा आएको होला भन्ने ठानिन् तर खोजी गरिनन् । हकप्रद शेयर किनीएको एक वर्ष ८ महिना पछि रिताले आफ्नो पाेर्टफोलियोमा गडबडि महसुस गरिन् । रिता र उनको छोराको नाममा सनराईज बैंकको आइपीओ बराबर कित्ता परेकाे थियाे । बैंकको हकप्रद,बाेनश लगायत सबै शेयर पनि बराबर संख्यामा उनीहरुले किनेका तथा पाएका थिए ।

उक्त हकप्रद खरिद गरिए पछिको समयमा बैंकले आफ्ना शेयर धनीलाई आर्थिक वर्ष ०७३।०७४मा वितरण भएको १५ प्रतिशत बोनश र आर्थिक वर्ष ०७४।०७५ मा ११.५० प्रतिशत नगद लाभांश वितरण गरि सकेको छ ।

यो अवधिको लाभांस र हकप्रद शेयर गरेर छोराको पाेर्टफोलियोमा बैंकको शेयर संख्या दुई हजार कित्ताभन्दा धेरै पुगिसकेको थियो तर रिताको खातामा १६ सय हाराहारी मात्रै शेयर पाईयो । एउटै क्यापिटलमा खोलिएको डिम्याट खातामा एकै समयमा समान मूल्यमा किनिएको सनराईज बैंकको हकप्रद सहितको शेयर कित्ता रिताको खातामा कसरी ५ सय कित्ताले कमि भयो ? महर्जन परिवार अचम्ममा परे र सुरु भयो गायब करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको शेयरको खोजी ।

शेयर खोज्दै भौतारिदा

करिब ५ सय कित्ता शेयर गायब भए पछि पति विकास महर्जनलाई लिएर रिताले शेयर खोजी सुरु गरिन् । सबै भन्दा पहिले उनीहरुले आफूले हकप्रद किनेको अर्धकट्टी सहित प्रभु क्यापिटलमा आफूहरुको समस्या सुनाए ।

प्रभु क्यापिटलले महर्जन जोडीलाई समस्या सनराईज क्यापिटलको भएको भन्दै उतै जान पन्छाई दिए । सनराईज क्यापिटलले फेरी प्रभु क्यापिटलमा बुझ्न भने । एउटाले अर्को र अर्कोले अर्कोलाई देखाएर समस्याबाट पन्छिन दुवै क्यापिटल लागे ।

समस्या समाधानका लागि मौखिक रुपमा क्यापिटल कार्यालयमा गरिएको अपिल सुनुवाई नभए पछि महर्जन दम्पतीले सनराईज बैंकका कम्पनी सचिव इश्वर पाठक र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठलाई सम्बोधन गरेर आफ्नो समस्या बारे निवेदन गरे ।
निवेदन हेर्नुहोस्


२७ फागुनमा बैंकका कम्पनी सचिव ईश्वर पाठक र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई बुझाइएको निवेदनमा पनि दुवै पक्षले कुनै चासो नदेखाएको महर्जन दम्पतीले मेरोलगानीलाई बताए । समस्या समाधानका लागि महर्जन दम्पती यतिबेला सिडिएस एण्ड क्लियरिङ्ग पुगेका छन् । बैशाख ४ गते बुधबार उनीहरुले सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता समक्ष हराएको शेयर खोजीका लागि निवेदन दिएका छन् ।

निवेदन हेर्नुहोस्

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार रिता महर्जनको समस्या सम्बन्धमा कार्यालयले बैंकलाई के भएको हो भनि स्पष्टीकरण सोधेको छ । सनराइज बैंकले भने सिडिएससीले यस सम्बन्धमा सिडिएसले आफुलाई प्रष्टीकरण सोध्न नमिल्ने बताउँदै आएको छ । सिडिएस बैंकको सेवा प्रदायक मात्र भएको तर बैंकको नियमनकारी निकाय नभएको सनराइजको दाबी छ । यही विषयलाई लिएर अहिले सनराइज बैंक सिडिएससीसँग क्रुद्ध बनेको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ्गको स्पष्टीकरणको जवाफ पठाएको छैन् ।

गल्ती कस्को ?

सनराईज बैंकका कम्पनी सेक्रेटरी कार्यालयका एक अधिकारीका अनुसार रिता मर्हजनको हकमा पनि बैंकले अनुसन्धान अगाडि बढाएको छ । बिक्री प्रबन्धक कार्यालयको मानवीय त्रुटीले यस्तो हुन पुग्ने भन्दै ती अधिकारीले भने ''उहाँहरु पिडित भएको निश्चित भए बैंकले हालसम्मको सबै बोनस सहित शेयर किनेर दिने छ ।''
अनुसन्धानलाई सहज होस् भनेर हकप्रद आवेदन गर्दा चेक क्लियरिङ भए नभएको जानकारी गराउन रिता महर्जनलाई भनिएको छ। ती अधिकारीका अनुसार चेक साटीएको प्रमाण दिन पिडितहरु मानिरहेका छैनन् ।

पिडितले कसरी शेयर पाउँछन् ?

सनराईज बैंकमा यस अघि पनि यस्तै एउटा घटना भएको थियो । कृष्ण रेग्मी नामका एक जना लगानीकर्ताले आफ्नो बुबाको नाममा भरेको हकप्रद पनि खातामा आएको थिएन । पैसा बुझाएको तर शेयर नपाएको उनको गुनासो पछि बैंकले सबै क्षतिपूर्तीसहित रेग्मीलाई शेयर किनेर दिएको थियो । पिडितको निवेदन पछि बिक्री प्रबन्धक र आवेदन संकलनकेन्द्र मार्फत बैंकले पिडितको गुनासोको छानबिन गर्छ ।

अनुसन्धानमा पिडित व्यक्तिको गुनासो जायज देखिएको खण्डमा बैंकको सञ्चालक समिति बैठक मार्फत निर्णय गराएर सम्बन्धित निवेदकले पाउनु पर्ने क्षतीपूर्तिसहित शेयर किनेर दिन्छ ।

भौतिक प्रणालीबाट शेयर अभौतीक (डिम्याट) प्रणालीमा जाँदा धेरै लगानीकर्ताको शेयरहरु यस्तो भएको आशंका गरिएको छ । तसर्थ आफ्नो शेयर हिसाब किताबमा शंका लागे तुरुन्त सम्बन्धित कार्यालयमा निवेदन गर्न धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको पनि गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।