सिभिल बैंकको मर्जरमा जाने एजेण्डासँगै लाभांश पारित, संचालक निर्विरोध

May 10, 2019 Merolagani

सिभिल बैंक लिमिटेड (CBL) को दुई आर्थिक बर्षको साधारण सभा एकसाथ सम्पन्न भएको छ । बैंकको सातौं र आठौं वार्षिक साधारण सभाले लाभांश पारित गर्दे नयाँ संचालक समिति समेत चयन गरेको छ ।

बैशाख २७ गते काठमाडौंमा सम्पन्न साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट १०.२५% बोनस तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जस अनुसार बैंकले २०७३/०७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार रुपैयाँ बराबरको बोनस शेयर उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश ३ करोड ९१ लाख ६२ हजार नगद लाभांश वितरण गर्नेछ । यसैगरी आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई. इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादूर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न/हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।