देवः विकास बैंकको बुक क्लोज मिति तय, ५.५ प्रतिशत बोनस

May 28, 2019 Merolagani

देवः विकास बैंकले लाभांश पारित गर्न बुक क्लोज मिति तय गरेको छ । जेठ १३ गते बसेको संचालक समितिको २७६ औं बैठकले असार ६ गते देखि १२ गते सम्म शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने भएको हो ।

त्यस अनुसार असार ५ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकको १२ औं बार्षिक साधारण सभाले लाभांश पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकले साधारण सभा गर्ने मिति र स्थान भने सार्वजनिक गरेको छैन् ।

बैंकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४. १९ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ९.५३ गुणा छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।