मेरोलगानी र शेयर लगानी डटकम आपसमा गाभिने सहमति

May 28, 2019 Merolagani

पूँजी बजार तथा अर्थतन्त्र सम्बन्धी सूचना र समाचार प्रवाहका लागि क्रियाशील अनलाईन पोर्टलहरु मेरो लगानी डटकम र शेयर लगानी डटकम आपसमा गाभिने सहमति भएको छ ।

संचार क्षेत्रमा देखिएका चुनौति सामना गर्न र सर्वसाधारण लगानीकर्ताहरु माझमा अझ विश्वसनीय, गुणात्मक र सही सूचना प्रवाह गर्न दुवै अनलाईन पोर्टल एक भएर मेरोलगानी डटकमको नाममा संचालित हुने छ । 

जेठ १४ गते मंगलबार हस्ताक्षर भएको सहमति पत्रमा मेरो लगानी डटकमका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र शेयर लगानी डटकमका प्रधान सम्पादक तिलक कोइरालाले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार मेरो लगानी डटकमको प्रधान सम्पादकमा तिलक कोइराला रहने छन् भने शेयर लगानी डटकमका सबै लिंकहरु मेरोलगानी डटकममा समाहित गरिने छ ।

कोइराला मेरोलगानीका संस्थापक सम्पादक समेत हुन् ।

अनलाईन मिडियाहरुको भीडमा मेरोलगानीले अलग पहिचान बनाएर सशक्त रुपमा सूचना र समाचार प्रवाह गर्न यो मर्जरले महत्वपूर्ण आधार प्रदान गर्ने सम्पादक कोइरालाले बताएका छन् । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।