सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित बाेलायाे साधारण सभा

Sep 20, 2019 11:14 AM Merolagani

सिटिजन लाइफ इन्याेरेन्स (CLICL) ले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ। इन्याेरेन्सले  असोज २९ गते दिउँसो ३ बजे होटल हिमालयन, कुपण्डोल, ललितपुरमा साधारणसभा बोलाएको हो। 

इन्याेरेन्सले साधारण सभामा  चुक्ता पूँजी वृद्धि गर्न आईपीओ  निष्काशन गर्ने   प्रस्ताव लैजाने भएको हो ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्ये कै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी साधारण सभाले  खाली रहेको एक सञ्चालक समिति सदस्यकाे समेत चयन गर्ने एजेण्डा छ । 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।