विश्व बैंकबाट १६ अर्ब ३७ करोड सहयोग उपलब्ध हुँदै

Nov 27, 2019 10:12 AM RSS

विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ ।

 

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव राजन खनाल र यहाँस्थित बैकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।