एभरेष्ट ईन्स्योरेन्स के सुघ्रिएकै हो ?

Oct 17, 2014 Mero Lagani

संचालक समितिमा रहेका उद्योगपति राजेन्द्र खेतान कारबाहीमा परेपछि बीमा समितिको निगरानीमा रहेको एभरेष्ट ईन्स्योरेन्सले गत आर्थिक बर्षमा उल्लेखनीय खुद  नाफा गरेको बित्तीय प्रतिबेदन सार्वजनिक गरेको छ । 

कम्पनीले शुक्रवार सार्जजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिबेदनमा  ५ करोड ९३ लाख रुपैयाँ खुद नाफा भई प्रतिशेयर आम्दानी ५८.६६ कायम भएको जनाईएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेकोमा गत आर्थिक बर्षको खुद नाफा १ करोड ११ लाख रुपैयाँ बढी हो । 
 कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख मात्र रहेकाले बीमा समितिले तोकेको न्युनतम पूँजी २५ करोड पुर्याउँन कम्पनीले धेरै बोनस शेयर र हकप्रद शेयर जारी गर्नुपर्ने वा मर्जमा जानुपर्ने बाध्यता रहेको छ । 
 कम्पनीको जगेडा कोषमा १० करोड २८ लाख र बीमा कोषमा ४ करोड ८८ लाख रुपैयाँँ रहेको भन्दै कम्पनीको अबस्था सन्तोषजनक रहेको देखाईएको छ । विगतमा कम्पनी भित्र संस्थागत सुशासनमा कमी आई केही समस्याहरु भोग्नु परे पनि नियमनकारी निकायहरुसँगको निकट सम्बन्धले हाल संस्थागत सुशासन सुदृढ भएको प्रतिबेदनमा उल्लेख गरिएको छ । 
 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।