सोमबार थप १९४ जनामा कोभिड १९ पुष्टि, उपत्यकामा थपिए ५८ जना संक्रमित

Feb 08, 2021 07:38 PM Merolagani

सोमबार नेपालमा थप १९४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा भएको ३ हजार ३३३ पीसीआर परीक्षणमा सो पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार भक्तपुरमा २ जना, ललितपुरमा ११ जना र काठमाडौंमा ४५ जना संक्रमितहरु थपिएका छन् । यस दिन काठमाडौं उपत्यकामा कुल ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै एक दिनमा संक्रमणमुक्त भई डिस्चार्ज हुने १९४ जना रहेको र हालसम्म २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन्।

सोमबार संक्रमणका कारण ज्यान गुमाउने ७ जना रहेका छन् । अहिलेसम्म देशभरमा संक्रमण पुष्टि हुने २ लाख ७२ हजार ५५ जना र निधन हुने दुई हजार ४५ जना छन् । पीसीआर परीक्षणको कुल संख्या भने २० लाख ९६ हजार ७५० रहेको छ ।

नेपालमा हाल सक्रिय संक्रमित एक हजार ७४४ जना र संस्थागत आइसोलेसनमा ८९८ जना रहेका छन् । यस्तै क्वारेन्टिनमा ९२ जना छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।