हिमालयन जनरल इन्स्योरेन्सको कम्पनी विश्लेषण

Feb 13, 2021 07:31 PM Merolagani

यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा कम ०.१५ प्रतिशत मात्रै बढ्यो। लगानीकर्ताहरु बैंक तथा वित्तीय संस्थाहरुतर्फ आकर्षित हुँदा यस साता यस उपसमूहका कम्पनीहरुमा खासै आकर्षण देखिएन।

यद्यपि, पछिल्ला समयमा बीमा कम्पनीहरु दोस्रो बजारका लगानीकर्ताहरुमाझ लोकप्रिय नै रहेको छन्। यस्तो निर्जीवन बीमा कम्पनीहरुमध्येको एक कम्पनी होः हिमालयन जनरल इन्स्योरेन्स (HGI)।

यस साता यस इन्स्योरेन्सको शेयरमूल्य १७ रुपैयाँ घट्यो। गत साताको अन्तिम कारोबार दिन ७३० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ७१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

साताका पहिलो दुई कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य बढेपनि अन्तिम तीन कारोबार दिन घटेपछि समग्रमा १७ रुपैयाँ घट्न पुगेको हो।

यस अनुसार आगामी साता यस इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा ८०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ६८० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्ला समय इन्स्योरेन्सको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिएको छ। यसले इन्स्योरेन्समा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

यस साता इन्स्योरेन्सको शेयरमूल्य घटेपनि भोल्यूम भने सन्तोषजनक रहेको छ। यस साता इन्स्योरेन्सको दैनिक औषतमा ७६ हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने भोल्युम ७४ हजार ६२९ कित्ता रहेको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्यमको तुलनामा दैनिक औषत भोल्युम ३ प्रतिशत बढी हो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.३१ प्रतिशत कम हो। सो अवधिसम्ममा इन्स्योरेन्सले १६ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

१ अर्ब ६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा २७ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको बीमा कोषमा ५९ करोड ९ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६२.२७ गुणा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको बुकभ्यालु १२५ रुपैयाँ ५७ पैसा रहेको छ भने आरओई ९.१२ प्रतिशत रहेको छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको आरएसआई ५१.३० स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा १ करोड ६ लाख ८२ हजार ८८० कित्ता शेयर सूचीकृत रहेकाे यस इन्स्योरेन्सको १८० दिने औषत मूल्य ५८० रुपैयाँ ३८ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ७६१ रुपैयाँ रहेको छ भने न्यून मूल्य २८५ रुपैयाँ रहेको छ। अन्तिम कारोबार मूल्य अर्थात ७१३ रुपैयाँका दरले इन्स्योरेन्सको हाल कुल बजार पूँजीकरण ७ अर्ब ६१ करोड ६८ लाख ९३ हजार ४४० रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले इन्स्योरेन्सको शेयर खरिदबिक्री गर्दा निकै ध्यान पुर्याइ मात्र गर्नुपर्ने संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु थप विश्लेषण तथा अध्ययन गर्न आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।