यी र यस्तै सपना बोकेका व्यक्ति हुन स्याकार ट्रडिङका सञ्चालक सौरभ ज्योति । सानैदेखि मोटरसाइकल पारखी उनले कुनै समय बाइक ग्यालरीको सपना देखेका थिए ।
मोटरसाइकल ग्यालरी अर्थात सङ्ग्राहलय बनाउने उनको सपना २५ बर्ष पहिला देखिको हो । यहि सङ्ग्राहलय बनाउन उनले विभिन्न बाधा अवरोध व्यहोर्दै आफ्नो सपनालाई सकार पारेरै छोडे ।
यसैबीच ज्योतिले गत शुत्रबार साँझ एउटा कार्यक्रम राखे । कार्यक्रमको नाम थियो ‘एसजे मोटो’ । उनको कार्यक्रममा सबैको एउटै धारणा थियो कुनै होण्डाको बाइक सार्वजनिक गर्ने कार्यक्रम होला । तर, सोचेको भन्दा फरक भइदियो ।
कार्यक्रम सञ्चालन नै बीचमा ज्योति भवनको सबैभन्दा माथिबाट डोरी मार्फत सौरभ तल झरे मानाैं कि त्यहा कुनै फिल्मको सुटिङ जस्तै । तर, त्यो क्षण उनको लागी खुसी र उत्साहको क्षण थियो । डोरीबाट झर्दै उनले भनेका थिए‘ सपना सबैको हुन्छ । मेरो पनि थियो तर आज सपना पुरा भएको छ’ ।
सौरभ ज्योतिले सपनालाई साकार पार्दै बाइक संग्राहलय र बाइक कफी कल्चरको नयाँ सुरुवात गरेका छन् । ज्योति भवनको पहिलो तल्लामा सजाएर राखिएका तीन दशक अघिदेखिका पुराना मोटरसाइकल । त्यसमाथि अहिलेसम्म नेपाल भित्रिएका÷नभित्रिएका महँगा महँगा बाइक ।
संग्राहलय भित्र पस्ने वित्तिकै थाहा हुन्छ ज्योति बाइक पारखी हुन या होइनन् । उक्त संग्राहलयमा पुराना पुराना मोटरसाइकलदेखि अहिलसम्म नेपाल भित्रिएका महँगा महँगा बाइक सजाएर राखिएका छन् । विश्वव्यापीरुपमा लाखौं मुल्य पर्ने बाइक पनि त्यहा देख्न सकिन्छ ।
ज्योतिले स्थापना गरेको संग्राहलयमा होन्डाको मात्रै बाइक छैनन् । ज्योति भवनमा रहेको बाइक संग्राहलयमा होन्डा, यामाहा डुकाटी, एमभी अगस्टा, सुजुकी, हार्ले डेभिडसन लगाएत विश्व चर्चित ब्रान्डहरू राखिएका छन् ।
उनले सग्राहलयमा मिडियासँग भने मेरो सपनामा तपाईंको सपना पनि जोडिएको छ, यहाँ मल्टिब्रान्ड ग्यालरीको रुपमा बुझ्न सकिन्छ’ ‘हामीले मोटरसाइकल पारखीको लागि बाइक कल्चरको बिकास गर्न लागेका हौं’ ।
उनका अनुसार ग्यालरीमा सन् १९६५ देखिका मोटरसाइकलको अवलोकन गर्न सकिन्छ । सुरुमा सौरभ ज्याति ड्यास ७० बाइक चलाउथे । उक्त बाइकपनि अहिले संग्राहलयमा रहेको छ ।
नि:शुल्क प्रवेश र अबलोकन
सौरभ भन्छन‘ मेरै घरमा कति युवा साथीहरु मैले खरिद गरेको बाइक हेर्न चहानुहुँन्थ्यो’ तर, सबैलाई घरमा बोलाएर अवलोकन गराउने अवसर मिलेको थिएन’ ।
अब बाइक ग्यालरी स्थापना भए पनि जतिवेला आएर पनि उक्त महँगा बाइकहरु हेर्न सकिने छ । मोटरसाइक पारखीहरुले ग्यालरीमै गएर बिहार १० बजेदेखि साझ ८ बजेसम्म बाइकहरु अवलोकन गर्दै मजा लिन सक्ने छन् ।
ग्यालरी प्रवेश गर्न कुनै शुल्क नलाग्ने शौरभ बताउँछन । ज्योति समुहले नेपालमा होण्डा मोटरसाइकल बिक्री थालेको ५० बर्ष भइसकेको छ । सानै उमेरदेखि मोटरसाइकलसँग खेल्न थालेको कारण पनि ज्योतिलाई मोटरसाइकल पारखी बनायो ।
कस्ता छन ग्यालरीमा राखिएका बाइक ?
खासगरी नेपालमा मोटरसाइकल भित्रिएको इतिहास पनि लामो छ । नेपालमा सन १९६०को दशकमा मोटरसाइक भित्रिएको बताइएको छ । तर, सौरभ ज्योतिले १९६९ देखिका पुराना मोडलका बाइक संगालेर राखेका छन् ।
ग्यालरीमा ड्यास ७०, १९७७ को बेनेली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक ग्यालरीमा सजिएका छन भने होन्डाको १००० सिबिआर रेसिङ, सिबिआर १००० आरआर, एभि अगस्टा, हार्लेडेभिन्सन लगाएतका बाइक उक्त संग्राहलयमा व्यवस्थीत ढङ्गबाट राखिएका छन् ।
ज्योती भन्छन‘ धेरै पुरानो पिसी ५० मोटरसाइकल पनि मर्मत गरेर ग्यालरीमा राखेको छु’ । मोटरसाइकलप्रति मोह र माया जारी राख्नका लागि पनि बाइक संग्राहलय स्थापना गरेको उनको भनाई छ । उनले बाइक ग्यालरीसँगै बाइक कफि कल्चरकोपनि उद्घाटन गरेका छन् ।