यूकेको बजेटमा हेर्नु पर्ने ५ कुराहरु

Mar 02, 2021 07:27 PM BBC

चान्सलर ऋषि सुनकले बुधबार यूकेको बजेट प्रस्तुत गर्दैछन्। उनले बजेटमार्फत सरकारको कर र खर्च योजनाहरुका साथै यूकेको अर्थव्यवस्थाको पूर्वानुमान गर्नेछन्।

यस वर्षको बजेट महामारी केन्द्रित हुनेछ किनभने उनी अहिले आर्थिक रुपले पिडित र व्यवसायहरुलाई समर्थन जारी राख्न दबाब सामना गरिरहेका छन् जबकि उनीमाथि महामारी शुरु भएदेखि सरकारले लिएको २७० बिलियन पाउण्ड चुक्ता गर्ने योजना प्रस्तुत गर्ने दबाब पनि छ।

बजेटभन्दा अघि, सुनकले पहिले नै यूकेको खोप कार्यक्रमका लागि धेरै खर्च गर्ने वाचा गरिसकेका छन्। यसका साथै, हाइ स्ट्रिट व्यवसायहरुलाई पुनः सुचारु गर्न ५ बिलियन पाउण्डको योजना र पहिलो पटक खरिद गर्नेहरुलाई सहयोग गर्न मोर्टगेज ग्यारेन्टी स्किम ल्याउने वाचा पनि गरिसकेका छन्।

तर, उनले केही कर बढाउने योजना बनाएको र आगामी समय आर्थिक रुपमा कठिन हुने चेतावनी दिएको हल्ला बजारमा चलेको छ। यहाँ बुधबारको बजेटमा ध्यान दिनुपर्ने ५ कुराहरु प्रस्तुत गरिएको छ।

१) रोजगारी र कामदारहरुलाई अधिक टेवा

बेरोजगारी पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको र चार लाखभन्दा बढी कामदारहरु लामो समयदेखि छुट्टीमा रहेका कारण चान्सलरले पहिले नै भनिसकेका छन् कि उनले ‘जनतालाई सहयोग पुर्याउने बजेट’ तयार गरेका छन्।

रिपोर्टका अनुसार, सुनकले रोजगारीलाई टेवा दिने योजनाहरु प्रस्तुत गर्नेछन्, जसले जुन ३० सम्म ८० प्रतिशतसम्म ज्याला दिन्छ। यो लकडाउन हट्ने सबैभन्दा चाँडो मितिको एक हप्तापछि हो। अर्थात यूकेमा छिटोमा जुन ३० को एक हप्ताअघि लकडाउन हटाइनेछ।

महामारीको अवधिभर गरिबहरुको अधिक सहयोग गर्नका लागि च्यारिटी गर्न तथा सांसदहरुको अत्याधिक दबाबपछि उनलाई ६ महिनाका लागि यूनिभर्सल क्रेडिटमा प्रतिहप्ता २० पाउण्डको उत्थान विस्तार गर्ने बताएका थिए।

केही व्यक्तिहरु ती उत्थानलाई स्थायी गरियोस् भन्ने चाहन्छन्, तर सरकारी सापटीहरुलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका उनले त्यसलाई नकार्न पनि सक्छन्।

२) के उनी व्यवसायका दरहरुमा कटौती गर्छन्?

व्यवसायहरुलाई सञ्चालन गर्न सुनकले १८ हजार पाउण्डसम्मको अनुदान दिने वाचा गर्न सक्छन्, तर प्रश्न यो छ कि, उनले व्यवसाय दरहरुलाई के गर्छन्?

सत्तामा रहेका सांसदहरु भन्छन् कि, कम्पनीको सम्पत्तीको भ्यालुको आधारमा गणना गरिने कर अनुचित र पुरानो भयो। नेक्स्टका मालिक लर्ड सिमोन वुल्फसन भन्छन् कि यो दरमा कुनै सुधार गरिएन भने यसले हाइ स्ट्रिटलाई मार्न सक्छ।

आउँदो शरदसम्म, अनलाइन खुद्र व्यापारीहरुमा तथाकथित ‘एमेजन कर’ लगाउने सहित अन्य करहरुलाई के गर्छन् भन्ने तिखो प्रश्न चान्सलरले छोड्ने सम्भावना छ।

यद्यपि, मार्च ३१ भन्दा पछि, गत वर्ष पसलहरुलाई सहयोग पुर्याउन ल्याएको बिजनेस रेट हलिडेलाई बढाउने रिपोर्टहरु सुझाउँछन्।

पब तथा रेष्टुराँहरुका लागि कम भ्याट र संघर्षरत व्यवसायहरुका लागि स्थानिय आधिकारिक अनुदानहरुलाई पनि लम्ब्याउने अपेक्षा गरिएको छ।

३) के उनले कर बढाउँछन्?

अनुमानित उदारताका बाबजुद, चान्सलरले भने कि बजेटको उपयोग अर्थव्यवस्थामा आउनसक्ने चुनौतिहरुलाई सामना गर्न जनताको ‘स्तर’ मा प्रयोग गरिने बताएका थिए। यसका साथै महामारीका बेलामा भएको वृहत सार्वजनिक खर्चहरुलाई चुक्ता गर्न पनि प्रयोग गरिने बताएका थिए।

विभिन्न रिपोर्टहरुका अनुसार, सुनकले केही करहरु बढाउने देखिएको छ यद्यपि, उनले जे सुकै गरेपनि त्यो कन्जरभेटिभ पार्टिको घोषणा पत्रमा उल्लेखित आय कर, राष्ट्रिय बीमा अथवा भ्याट नबढाउने सँग मेल हुनुपर्दछ।

अधिकांश सोच्छन् कि उनी यसको सट्टा बरु कर्पोरेशन कर १९ प्रतिशतबाट लेभलबाट २३ प्रतिशत पुर्याउनेछन्, जुन अझै पनि जी सेभनको औषतभन्दा अझै मुनि छ। यो कथित १२ बिलियन पाउण्ड ल्याउँदा संसद लड्खडाउन सक्छ।

बजार उले व्यक्तिगत आय कर भट्टा फ्रिज गर्ने हल्ला पनि छ जसले मुद्रास्फिति बढाउनेछ।

श्रमिक नेता कीर स्टामर तर्क गर्छन् कि कर वृद्धिले महामारी पछिको तिव्र आर्थिक पुनरुत्थानमा बाधा बन्नेछ।

संसदको कोषको बैठकले पनि अहिले कर बढाउने उचित समय नभएको बताएको छ। यद्यपि, राजश्व वृद्धिसहितको केही आर्थिक उपाय भविष्यमा आवश्यक पर्न सक्ने पनि बताएको छ।

४) स्तरोन्नतिको लागि सहयोग गर्छ?

चान्सलरले कोभिड (र ब्रेक्जिट) पश्चातको अर्थतन्त्रका लागि आफ्नो अवधारण प्रस्तुत गर्ने देखिन्छ जसको अर्थ यूकेको विभिन्न भागहरुको स्तरोन्नतिको लागि अधिक रकम भन्ने बुझ्न सकिन्छ। फाइनान्सियल टाइम्सका अनुसार, उनी फ्रिपोर्ट (न्यून करसहितको विशेष आर्थिक क्षेत्र जसले क्षेत्रगत विकासको लागि टेवा दिनेछ) हरुको स्थान घोषणा गरिरहेका छन्।

यूकेको डिकार्बोनाइजेशन लक्ष्यलाई प्राप्त गर्न पनि उनले अधिक खर्च घोषणा गर्ने अनुमान गरिएको छ। यूकेको पहिलो ‘ग्रीन गिल्ट’– एक प्रकारको बण्ड जसले सर्वसाधारणलाई ग्रीन इन्फ्रास्ट्रक्चर आयोजनाहरुमा लगानी गर्न अनुमति दिन्छ, त्यो सार्वजनिक हुनसक्छ।

वातावरणमैत्री घर र नवीकरणीय उर्जालाई प्रबर्धन गर्ने उपायहरु पनि सम्भावना रहेको छ। यद्यपि, उनले इन्धन कर बढाउने भने अपेक्षा गरिएको छैन।

५) स्ट्याम्प ड्यूटी हलिडे लम्ब्याउने

गत वर्ष स्थापित स्ट्याम्प ड्यूटि हलिडेले महामारीको सुरुवातमा हाउजिङ्ग मार्केटलाई उकास्न मात्र होइन, यसले सन् २०२० मा घरहरुको औषत भ्यालुलाई ८.५ प्रतिशत माथि लग्यो।

कर तिर्ने अन्तिम म्याद यही मार्च अन्त्यसम्म छ र धेरै खरिदकर्ताहरु समयमै कारोबार सम्पन्न नगरेका कारण ठूला बिलहरुको सामना गर्ने देखिन्छन्। यद्यपि, यस्तो अवस्थाबाट जोगिन उनले स्ट्याम्प ड्यूटि हलिडेलाई लम्ब्याउनेछन्।

सरकारको मोर्टगेज ग्यारेन्टी स्किमले ६ लाख पाउण्डसम्मको घरलाई ९५ प्रतिशतसम्म ऋण उपलब्ध गराउनेछ।

(बीबीसीबाट अनुवादित)

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।