नेप्से घटोस् बढोस् मतलब छैन, चन्द्रागिरि दौडिएको दौडियै

Mar 02, 2021 05:12 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक जति सुकै घटे बढे पनि चन्द्रागिरि हिल्स (CGH) लाई कुनै फरक परेको छैन। 

विगत १८ कारोबार दिनदेखि कम्पनीको मूल्य बढ्दो गति दौडिएको दौडियै छ। कम्पनीको कारोबार खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य बढेको बढै छ। कारोबारमा आए यता कुनै दिन पनि चन्द्रागिरि हिल्सकाे शेयर मूल्य घटेको छैन।

कम्पनीको गत माघ २५ देखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। उसको पहिलो कारोबार प्रति कित्ता १६४ रुपैयाँबाट सुरु भएको थियाे। नेप्सेले पहिलो कारोबारको लागि ओपनिङ रेन्ज ९६ रुपैयाँ ६९ पैसा  देखि २९० रुपैयाँ सात पैसासम्म तोकेको थियो। तर पहिलो कारोबार भने १६४ रुपैयाँबाट सुरु गराइएको थियो।

कारोबार सुरु भए यता कम्पनीको प्रति कित्ता मूल्य चार सय प्रतिशतले बढी सकेको छ। मंगलबार कम्पनीको अंकित एक सय रुपैयाँ प्रति कित्ता मूल्यको शेयर पाँच सय रुपैयाँमा अन्तिम कारोबार भएको छ।

गएको १८ दिन मै कम्पनीको कुल बजार पूँजीकरण सात अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता मूल्य भने एक अर्ब ५३ करोड रुपैयाँ मात्रै हो। किनकि उसका प्रति शेयर मूल्य एक सय रुपैयाँ अंकित मूल्यका १५ करोड ३४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत छन्।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।