सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन, बोनस घट्यो

Mar 03, 2021 01:20 PM Merolagani

सारथी नेपाल लघुवित्त वित्तीय संस्था (SNLB) को लाभांश पारिमार्जन भएको छ । लघुवित्त सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले यस अघि प्रस्तावित लाभांश दरमा परिमार्जन गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले वित्तीय विवरण संशोधन गरी पेश गर्दा प्रस्तावित बोनसमा परिवर्तन आएको लघुवित्तले जनाएकाे छ। 

त्यस अनुसार लघुवित्तले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट मर्जर पश्चात कायम रहेको चुक्ता पूँजी २३ करोड ५३ लाख रुपैयाँको ८.१३ प्रतिशत अर्थात १ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४३ प्रतिशत अर्थात १० लाख ८ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ ।

उक्त बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी २४ करोड ६३ लाख रुपैयाँ पुगनेछ ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ९.११ प्रतिशत अर्थात २ करोड १४ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।