अवैध मोबाइल आयातलाई रोक्ने प्रणाली जेठबाट सञ्चालनमा आउँदै, यस्तो छ तयारी

Mar 04, 2021 03:47 PM Merolagani

नेपाल दूरसञ्चार प्राधिकरणले आउदो जेठबाट अवैध आयात रोक्ने प्रणाली सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले अवैध मोबाइल आयात रोक्न आगामी चार महिना भित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडिएमएस प्रणालीलाई कार्यान्वयनमा ल्याउने भएको हो ।

दूरसञ्चार प्राधिकरणको २३ औं बार्षिकउत्सवमा अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन ।

उनका अनुसार एमडीएमएस जडान,इन्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अवैध रुपमा भित्रिने मोबाइल चलाउन पाइने छैन ।

प्राधिकरणले एमडिएमएस प्रणाली स्थापना गर्न मलेसियन कम्पनीलाई ८० करोड रकममा ठेक्का सम्झौता गरेको थियो ।

अहिले नेपाल भित्रने मोबाइल मध्ये ४० प्रतिशत मोबाइल अवैध बाटो हुँदै आउने गरेको छ । मोबाइल आयातकर्ताले प्राधिकरणलाई एमडिएमएस सञ्चालनमा ढिलाइ भइरहेको भन्दै आएका थिए ।

अब भने जेठबाट यो प्रणाली पूर्णरुपमा सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

यस अघि प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।