एनआईबिएल एस क्यापिटलकाे नि:शुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेलमा

Mar 05, 2021 01:10 PM Merolagani



नेपाल धितोपत्र बोर्डको अभियान “एक नेपाली एक डिम्याट खाता” अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले (NIBLAceCapital) नि:शुल्क घरदैलो डिम्याट खाता अभियान ललितपुरको घुसेल बागमती गाउँपालिका,१ मा फाल्गुन २० गते सम्पन्न गरेको छ ।

यस क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंककोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

एनआईबिएल एस क्यापिटलले बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आइरहेको छ भने गत पुस १ गते देखी सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आइरहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।