नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Mar 16, 2021 09:09 AM Merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खरिदका लागि आज (चैत ३ गते) देखि शिलबन्दी बोलपत्र पेश गर्न सकिने भएको छ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको  ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले न्यूनतम १ हजार ५०२ रुपैयाँ ५० पैसा अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्। कम्पनीको शेयरमा चैत १७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

लगानीकर्ताले शेयर खरिदको लागि बोलकबोल गर्दा न्युनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम नियामक निकायले एउटा संस्थाले खरिद गर्न पाउने भनी तोकेको अधिकतम संख्याको सीमाभन्दा बढी नहुने गरी बोलकबोल पेश गर्नुपर्नेछ।

शेयर खरिदको लागि परेको बोलकबोल आवेदन चैत १८ गते खोलिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।