गत साता करिब ८३ अंक बढेको नेप्से, यस साता के होला?

Apr 04, 2021 08:13 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ८३ अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २५४८.९६ विन्दुमा बन्द भएको नेप्से, गत साता ८२.९३ अंक बढेर २६३१.८९ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने यस साता २५२० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको छ।

गत साता नेप्सेमा हरियो बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ताहरुको चाप रहेको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूममा पनि वृद्धि भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १२.७३ प्रतिशत बढी हो।

जलविद्युत उपसमूह

पछिल्लो समयमा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुमा आकर्षित भइरहेका छन्। गत साता यस उपसमूहको परिसूचक सर्वाधिक ७.७६ प्रतिशत बढेको थियो। अघिल्लो साता २२९४.९६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता १७८.१० अंक बढेर २४७३.०६ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता जलविद्युत उपसमूहको परिसूचक उकालो लागेमा २६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, परिसूचक ओरालो लागेमा भने २२०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्द गएको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।