गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Dec 04, 2022 06:28 AM Merolagani

गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। अघिल्लो साता १९३३.५५ विन्दुमा बन्द भएको नेप्से, गत साता २७.५१ अंक अर्थात १.४२ प्रतिशत बढेर १९६१.०६ विन्दुमा पुगेको हो।

५ कारोबार दिनमध्ये तीन कारोबार दिन बजार बढेसँगै, नेप्सेले सो बराबरको अंक कमाएको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २१०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेमा सानो बुलिश मैनबत्ती बनेको छ। जसले गत साता बजारमा बजारमा खरिदचाप अझै बाँकी रहेको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा यो ६.८५ प्रतिशत बढी हो। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

बैंकिङ्ग उपसमूह

गत साता १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको थियो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक १.५८ प्रतिशत बढेको छ। अघिल्लो साता १३५८.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २१.४४ अंक बढेर १३७९.७४ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता बैंकिङ्ग उपसमूहको परिसूचक उकालो लागेमा १५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १२०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेजस्तै गत साता यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्द माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत जानकारी मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।