यति ब्रुअरीले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ ।
लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी बिजता घोषणा गरेका थिए ।
लण्डन वियर प्रतिष्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवंम् उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्दछ ।
यस प्रतिस्पर्धाका निर्णायकहरु वियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै विश्लेशक, उत्पादन पक्ष, विक्रिवितरण, व्यापार प्रवर्द्धन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरि छनोट गरिएको थियो ।
अर्ना ८ ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइटले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको छ ।