हकप्रद निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रोपावर पुग्यो धितोपत्र बोर्ड

May 02, 2021 08:02 PM Merolagani

छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ।

कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। यस अनुसार कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले बैशाख १५ गते बोर्डमा सो बराबरको हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।