युनाईटेड इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

May 13, 2021 04:02 PM Merolagani

युनाईटेड इन्स्योरेन्स (UIC) को शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीको ९ लाख २५ हजार ३ सय ४३ दशमलव ९१ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

योसंगै कम्पनीको स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ कायम भएको छ ।

कम्पनीको गत माघ ७ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस अघि कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।