भर्खरै आईपीओ निष्काशन गरेको युनियन लाइफको खुद बीमाशुल्क ४५ प्रतिशतले बढ्यो

Aug 17, 2021 07:56 AM Merolagani

भर्खरै सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको युनियन लाइफ इन्स्योरेन्स (ULI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.४२ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको खुद बीमाशुल्क बढेपनि नाफा भने २१.४८ प्रतिशतले घटेर १३ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

 कम्पनीकाे प्रतिशेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएकाे र सर्वसाधारण शेयर वापतकाे रकम असार मसान्तकाे दिन बुक गर्दा प्रतिशेयर आम्दानी कम देखिएकाे कम्पनीले जनाएकाे छ। 

यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ६५ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी ८ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ।

आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको जगेडा कोषमा ७६ करोड ८८ लाख रुपैयाँ जीवन बीमा कोषमा ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।

 यस अवधिमा ४६ हजार ६९७ वटा बीमालेख जारी गरि ६ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले ५०२ वटा दाबी वापत १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ दाबी वापत २५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकि छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।