जेबिल्स फाईनान्सको १० प्रतिशत बोनस, ५ प्रतिशत नगद लाभांश

Nov 02, 2014 Mero Lagani

जेबिल्स फाईनान्सले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट १० प्रतिशत बोनस शेयर र ४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

फाईनान्स संचालक समितिको हालै बसेको बैठकले सो लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले स्विकृत गरी आगामी पाँचौ साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

२० करोड चुक्ता पूँजी रहेको जेबिल्सले गत आर्थिक बर्षमा ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरी प्रति शेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो । फाईनान्सको जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ छ । फाईनान्सको निस्क्रिय कर्जा अनुपात ८ प्रतिशत रहेकोले प्रस्तावित लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुनेमा आशंका छ । साधारणतया स्वस्थ संस्थाको निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा तल रहनुपर्ने राष्ट्र बैकले तोकेको छ । फाईनान्सको मुल्य आम्दानी अनुपात ७.५६ रहेको छ ।
 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।