बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंक, प्रतिशेयर आम्दानी कति?

Aug 06, 2023 05:53 AM Merolagani

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार हाल सञ्चालनमा रहेका बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएकाे छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १४ रुपैयाँ ६४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.३७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ।

२७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.६५ प्रतिशत बढेको छ भने कर्जा लगानी १०.८२ प्रतिशत बढेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।