हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट

Dec 10, 2023 11:08 AM Merolagani

मंसिर २४ गते, आइतबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो।

जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँट गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँट गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयरमा कुल ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म कम्पनीको शेयर प्राप्त गरेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।