पहिलो त्रैमाससम्ममा मनकामना इन्जिनियरिङ्ग नोक्सानीमा

Dec 19, 2023 06:22 AM Merolagani

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४७ लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। सो अवधिसम्ममा कम्पनीको विक्री आम्दानी ३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने कुल नाफा ३२ करोड ५० लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च २ करोड रहेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १७ करोड ५५ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपयाँ ५ पैसा रहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।