कलाकारहरूकाे व्यवसाय माेहः क-कसकाे केमा छ कति लगानी ?

Dec 23, 2023 11:41 AM Merolagani

चर्चित सेलिब्रेटिजहरुले कुनै एक क्षेत्रमा सफल भएपछि अन्यत्र लगानी गरिरहेका हुन्छन् । हलिउडदेखि बलिउडसम्म प्राय सबै सफल कलाकारहरुको अन्यत्र व्यवसाय भएको समाचार बनिरहेका हुन्छन् । तर विदेशी मात्र नभएर नेपाली कलाकारहरुले समेत स्टार्टअप बिजनेस गरिरहेका छन् ।

केहि नेपाली अभिनेता तथा अभिनेत्रीहरुले अभिनय मात्र नभएर व्यवसायको पनि सुरुवात गरेका छन् । चलचित्र,म्यूजिक भिडियो तथा विज्ञापनबाट भएको आम्दानी उनीहरुले व्यवसायमा लगानी गरिरहेका छन् । अभिनयको समय छुट्याएर यी कलाकारहरुले रेष्टुरेण्ट, सिनेमा हलका साथै अन्य स्टोर खोलेका छन् ।

पूजा शर्माले खाेलिन् ४ करोड रुपैयाँको "ट्याग"

केहि महिना अघि मात्र अभिनेत्री पूजा शर्माले एक रेष्टुरेण्टको उद्घाटन गरिन् । ललितपुरको झम्सिखेलमा ट्याग स्पोर्टस् लाउन्ज एण्ड बार नामक एक रेष्टुरेण्ट पूजाले साउनदेखि सञ्चालन गरिरहेकी छिन् । नेपाली चलचित्र जगतकी चर्चित नायिका पूजाले करिब ४ करोड रुपैयाँको लगानीमा यस रेष्टुरेण्ट खोलेकी हुन् । यद्धपी पुजाकासाथमा उनका प्रेमी युद्ध बानियाँले पनि रकम खर्चिएका छन् । अभिषेक श्रेष्ठ पनि ट्यागका संचालक हुन् । पूजाले यसअघि पनि चलचित्रहरु निर्माण गरिसकेकी छिन् ।

सफल उद्यमी बन्दै सञ्जोग कोइराला

यसैगरी, अर्का अभिनेता तथा निर्माता सञ्जोग कोइराला पनि सफल उद्यमीका रुपमा चिनिन्छन् । चलचित्रमा अभिनय गर्न बाहेक शेयर बजारमा पनि उनी राम्रो दख्खल राख्छन् । कोइराला रेष्टुरेण्ट व्यवसायसँगसँगै यूट्युब चलाउनमा पनि व्यस्त छन् । उनले इन्टेरियर र कन्स्ट्रक्सन कम्पनी, ह्यास्ट्याग लाउन्ज, आइसक्रिम लाइभ पनि पहिला संचालन गरिसकेका छन् । यद्धपी यी भन्दा पनि सञ्जोगको लगाव चिया अड्डामा देखिने गरिएको छ । चिया पिउने स्थान चिया अड्डा कोइरालाले करिब ४ वर्षअघि सुरु गरेका थिए । सुरुवातमा ६० रुपैयाँको लगानीमा चिया अड्डा सुरु गरेका कोइरालाले यतिबेला यसको शाखा विस्तार गरिसकेका छन् । चिया अड्डा काठमाडौंको नयाँ बानेश्वर , त्रिपुरेश्वर लगायतका स्थानमा छ । सञ्जोग र उनकी श्रीमती अभिनेत्री वर्षा राउतको लगानी दरबारमार्गको कोरियन रेष्टुरेण्ट छेजुदोमा समेत रहेको छ ।

छक्का पञ्जा सिरिजबाट सफल दीपक–दीपाको सिनेमा हल

दीपकराज गिरी–दीपाश्री निरौलाको जोडी चलचित्र क्षेत्रकालागि चिरपरिचित नाम हो । हाँस्य जगतबाट सफल यस जोडीले हालसालै नयाँ बानेश्वर चोकमा सिनेमा हलको उद्घाटन गरे । छक्का पञ्जा सिरिज बनाएर आर्थिक र हरेक किसिमले सफल बनेका उनीहरुले करिब १० करोड रुपैयाँ खर्चिएर भदौ २९देखि सिनेमा हल खोलेका थिए । एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइजका रुपमा रहेको उक्त हलमा दुई स्क्रिन र ४०० सिट रहेको छ ।

व्यस्त अभिनेता दयाहाङले गरे रेष्टुरेण्टमा लगानी 

अहिलेका लोकप्रिय अभिनेता दयाहाङ राईले पनि अभिनय बाहेक व्यवसायकालागि पनि समय निकाल्ने गरेका छन् । अभिनयमा नै अत्यन्त व्यस्त रहेपनि उनले व्यापारमा लगानी गरेका छन् । लेञ्चा खिम रेस्टुराँ एन्ड मुकुन्डो बार नामको रेस्टुरेण्टमा दयाहाङ मात्र नभएर सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ र मण्डला थिएटरका अन्य १३ जनाको लगानी रहेको छ ।

चलचित्रभन्दा पनि व्यवसाय फाप्याे श्वेतालाई 

अभिनेत्री श्वेता खड्कालाई चलचित्र क्षेत्रभन्दा पनि व्यवसायी जगतमा सफल भएको मानिन्छ । स्वेताको लगानी रेष्टुरेण्ट लगायत अन्य धेरै स्थानमा रहेको छ । दरबारमार्गको राइजिङ मल र बालुवाटारमा हिमालयन जाभा कफी सप उनको हो । दशक भन्दा बढिदेखि उनी व्यवसायमा संलग्न रहेकी छिन् । उनले एमआरएस एन्ड इन्जिनियरिङ प्रालि र होटेलमा समेत लगानी गरेकी छन् ।

सलाेनकाे पनि रेष्टुरेण्टमै लगानी

अर्का अभिनेता सलोन बस्नेतले पनि आफ्नो आम्दानी व्यवसायमा लगानी गरिरहेका छन् । ललितपुरको झम्सीखेलमा आसन लाउन्च एन्ड बार सञ्चालन गरिरहेका छन् । एक करोड रुपैयाँभन्दा बढी लगानी रहेको उक्त बारमा रविन कँडेलले पनि आर्थिक सहयोग गरेका छन् । यसका साथै दरबारमार्गस्थित छेजुदो रेष्टुरेण्टमा उनको पत्नी करिश्मा बस्नेतको लगानी रहेको छ ।

साम्राज्ञीकाे प्याप बाइ एसआरएलएस

यसकासाथै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि आफ्नै व्यवसायको थालनी गरेकी छिन् । प्याप बाइ एसआरएलएस नामको बुटिक उनले सुरुवात गरेकी हुन् । यस नामको इन्स्टाग्राम पेजमा उनी मोडलका रुपमा विभिन्न पहिरनमा देखिन्छिन् ।

सलिनमान बानियाँले खाेले काेरियन रेष्टुरेण्ट 

"ए मेरो हजुर २" र "यात्रा"का नायक सलिनमान बानियाँले पनि काेरियन रेष्टुरेण्टमा लगानी गरेका छन् । काठमाडौं स्थित वसन्तपुरमा कोरियन किनी नामक रेष्टुरेण्टमा उनले पैसा खर्चिएका हुन् । असोज महनिामा उनले केहि साथीहरुसँग मिलेर उक्त रेष्टुरेण्ट संचालन गरेका हुन् ।

सुन्दरी नायिका सन्ध्या केसीकाे साल्ट

यस्तै, अर्की सुन्दरी अभिनेत्री तथा मोडल सन्ध्या केसी पनि हाल व्यवसायमा व्यस्त छिन् । केहि दिन अघि मात्रै उनले विभिन्न सेलिब्रेटिजका साथमा साल्ट नामक उनको क्लोथिंग स्टोरको कुमारीपाटिस्थित नयाँ शाखाको उद्घाटन गरेकी थिइन् । साल्टको पहिलो स्टोर लाजिम्पाटमा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।