एनआईसी एशिया लघुवित्तको नाफा करिब १०० प्रतिशत घट्यो, खराब कर्जा उल्लेख्य बढ्यो

Feb 11, 2024 06:00 AM Merolagani

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १०० प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ११ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.२६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको आम्दानी घटेको र खराब कर्जा उल्लेख्य बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.०८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८९.६२ प्रतिशत घटेको छ। लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशतबाट बढेर १३.७६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ५ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ८ पैसा घटेर १३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २६ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १५ रुपैयाँ १५ पैसा रहेको छ।

१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १६ अर्ब ४२ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।