सोल्टी होटलको आम्दानी बढ्यो, नाफा कति?

Feb 11, 2024 08:42 AM Merolagani

सोल्टी होटल लिमिटेड (SHL) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटललको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा होटलले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ९६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा होटलको खुद नाफा ४.६४ प्रतिशत बढेर २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ।

नाफा बढेपनि होटलको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी २ पैसा घटेर ५ रुपैयाँ ९५ पैसामा झरेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.३६ गुणा रहेको छ।

८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।