तारागाउँ रिजेन्सीको नाफा ७१ प्रतिशत बढ्यो, ईपीएस कति?

Feb 12, 2024 09:47 AM Merolagani

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा होटलले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै होटलको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २०.२१ प्रतिशत बढेको छ भने अन्य आम्दानी १८.७६ प्रतिशत घटेको छ। त्यसैगरी, होटलको कुल आम्दानी समीक्षा अवधिमा १४.४० प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ८ रुपैयाँ बढेर १९ रुपैयाँ २५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.७८ गुणा रहेको छ।

१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८६ करोड १० लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।