नेको इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा कति?

Feb 13, 2024 05:35 AM Merolagani

नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ रुपैयाँ ९९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।