जुवा घर बन्नबाट रोक्न तत्काल 'सर्ट सेलिङ' लागू गरौंः राधाकृष्ण गिरीकाे विचार

Feb 19, 2024 11:29 AM Merolagani

राधा कृष्ण गिरी 

सेयर बजार जोखिम युक्त क्षेत्र हो यहाँ सधै जोखिम रहन्छ। सेयर बजार सुरु भएदेखि नै अनेक नीतिगत त्रुटिमा खेल्ने समूह हुन्छ त्यसले बजार आफू अनुकुल चलाउन खोज्छ त्यसलाई रोक्न नियामक निकाय चनाखो हुन पर्छ र  समय अनुकुल निर्णय गर्दै जानु पर्दछ ।

बजारबाट उठाएको पैसाले राज्य, सन्चालक र लगानीकर्ताको हितको अबसर सिर्जना गर्न र जोखिम कम गर्नमा ध्यान दिने प्रमुख जिम्मेवार नियामक निकाय हो। बजारमा गुमाउनेले जुवाघर भन्ने भाष्य  प्रयाेग गर्छन भने नाफा गर्नेले लगानीको प्रतिफल । 

नेपालको सेयर बजारको इतिहास पनि झण्डै ३० बर्षको भइसक्यो। अहिले दैनिक १२ क्षेत्रमा बिभाजन भएका झन्डै २५० ओटा कम्पनीको औसत ४ अर्बको कारोबार भइरहेको छ र झन्डै औसत १ लाख जनाले दैनिक कारोबार गरिरहेका छन । यधपी यो संख्या बजारको उतार-चढाबमा निर्भर छ। नेपालको पूँजी बजार झन बढी ठूलो र झन बढी क्षेत्रमा फैलिदै छ। सेयर बजारको फैलावटसँगै जोखिम पनि बढ्दै गइरहेको छ। 

 

पछिल्लो समय साना र कम सेयर सख्या भएका कम्पनीको खुलेआम कर्नरिङ गरेर मुल्य उचालिएका छन्। समूह समूह बनाएर खुलेआम सर्कुलर ट्रेड गरिरहेको देखिएका छन। सप्लाइ होल्ड गरेर अनेक धन्दा चलेका छन। यसमा एउटा पक्ष लगानीकर्ताको वित्तीय चेतनाको कुरा भयो भने अर्को नियामकको अनुसन्धान र कारबाहीको भुमिकाको कुरा भयो। 
 
हाम्रो नेपाली बजार एकोहोरो छ । बजार माथी जादा मात्र लगानीकर्ताले नाफा कमाउने तर तल झर्दा कुरेर बस्न पर्ने अवस्था छ। दैनिक झन्डै ४०/४५ हजार जना पूर्णकालिन लगानीकर्ता बजार घट्दा कि घाटा सहने कि हेरेर बस्न पर्ने अवस्था छ। यी धेरै कुराको सर्ट सेलिङको माध्यमबाट बजार थप पारदर्शी र स्थिर राख्न मद्द्त पुग्दछ। 
 
यहाँ सर्टसेलिङ भन्नाले  साधारण भाषामा आफू सङ सर्ट (नपुग/नभएको) सेयर बिक्री गर्नु हो । यसलाई अझ बिस्तृतमा भन्दा सर्ट सेलिङ भन्नाले कुनै पनि स्टकको मुल्य आउने समयमा घट्छ भन्ने अनुमानको आधारमा ब्रोकरको पुल एकाउन्टमा भएको सेयर बिक्री गरि पुनः सेटल्मेन्ट डेट अघि ब्रोकरलाई खरिद गरेर दिने कार्यलाई सर्टसेलिङ भनिन्छ। यदि बेचेको भन्दा कम मुल्यमा किनेर ब्रोकरलाई दिन पायो भने सर्ट सेलरलाई नाफा हुन्छ भने बेचेको मूल्य भन्दा बढीमा किन्न पर्यो भने सर्टसेलरलाई घाटा हुन्छ।
 
विश्व सेयर बजारको इतिहासमा सर्टसेलिङ सन १६०९ मा डच बिजनेसम्यान इसाम लि म्यारीले सुरु गरेको पाइन्छ भने बर्तमान समयमा सर्टसेलिङ विश्वका धेरै स्टक एक्स्चेन्जमा खुल्ला गरिएको छ। बर्तमान समयमा आधुनिक प्रबिधिको कारणले सर्टसेलिङ अझै सहज भएको छ। विशेषत सर्टसेलिङ इन्ट्राडे कारोबारमा अधिक उपयोग गरिन्छ। सेयर बजार मनोबैज्ञानिक खेल हो कमजोर कम्पनी बिक्री पक्षमा कन्ट्रोल गरेर सिमित ब्यक्तिले बढाई दिदाँ साना, नयाँ र कम साक्षर ब्यक्ति त्यसैको पछि लागेर माथी माथी खरिद गर्ने र पछि ती कम्पनि घट्दा ठूलो आर्थिक क्षति भएको देखिन्छ। यदि सर्ट सेलिङ खुल्ला भयो भने एकातिर सप्लाइ साइड कन्ट्रोल नहुने जति बेला नि सप्लाइ आउने डरले खेलाडीले कम कर्नरिङ गर्ने हुन्छ भने अर्कोतिर सर्ट सेल गरे पछि पुनः खरिद गर्न पर्ने हुनाले बजार थप चलाएमान हुन्छ। विश्व सेयर बजारमा एउटा समूह सधै बजार माथी जावस भन्ने हुन्छ भने अर्को तल जावस भन्ने हुन्छ यिनै दुई मनोबिज्ञानिक घर्षणले नै सेयर बजार सुन्दर हुन्छ। 
 
यसले पछिल्लो समय नेपाली बजारमा भएका खुलेआम बिकृती कम हुन गइ बजार थप व्यबस्थित हुन मद्दत पुग्दछ र साधारण मानिसले भन्ने गरेको सेयर बजार जुवाघर मात्र हो भन्ने भाष्य चिर्न मद्दत पुग्दछ। यसको लागि नियामक धितोपत्र बोर्डले भुमिका खेली बजार सन्चालक नेप्सेले पूर्बाधार तयार गरि थप कदम चाल्न पर्ने देखिन्छ। 
 
फाइदाहरु
 
१, साना कम्पनीको भाउ एकोहोरो कर्नरिङ गरेर बढ्न नदिन
२, बजार घट्दा पनि नाफा कमाउने वातावरण बनाउन 
३, दैनिक कारोबार रकम बढाउन 
४, बजारमा हुने अनैतिक कृयाकलाप कम गर्न
५, बलिया कम्पनी तर्फ लगानीकर्ता मोड्न 
comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।