प्रवेश पत्रमा परिक्षार्थीको साटाे भारतीय अभिनेत्री सन्नी लियोनको तस्विर राखिएपछि सामाजिक सञ्जालमा भाइरल

Feb 20, 2024 02:27 PM Merolagani

यतिबेला भारतकाे उत्तर प्रदेश प्रहरी भर्नाका लागि लिइने परीक्षाको प्रवेश पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त प्रवेश पत्रमा परिक्षार्थीको साटाे भारतीय अभिनेत्री सन्नी लियोनको तस्विर राखिएपछि चर्चा भइरहेकाे हाे। भाइरल भएकाे प्रवेशपत्र बिहारस्थित महोबा जिल्लाको रगौलिया बुढो गाउँका धर्मेन्द्र कुमारको हो।

बलिउड अभिनेत्री सन्नी लियोनकाे तस्बिर उत्तर प्रदेशस्थित प्रहरीकाे भर्ना परीक्षाकाे प्रवेशपत्रमा देखिएपछि यस घटनाले चर्चा बटुलेकाे हाे। खासगरी, यूपी पुलिस भर्ना परीक्षाको प्रवेश पत्रमा सन्नी लियोनको नाम र तस्विर देखेर मानिसहरू छक्क परेका थिए। त्यसपछि, उक्त एडमिट कार्डको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ।

यद्यपि, यसमा दर्ता र रोल नम्बरमा आवेदककाे नाम भने सही छ। अहिले यो विषयमा आवेदककाे भिडियो सार्वजनिक भएको छ । भिडियोमा आवेदकले आफ्नो एडमिट कार्डमा सन्नी लियोनको तस्विर कसरी देखियो भन्ने बताएका छन् ।

यूपी पुलिस कन्स्टेबल भर्ना परीक्षाको प्रवेश पत्र सामाजिक सञ्जालका विभिन्न प्लाटफर्महरूमा भाइरल भइरहेको छ, जसमा उम्मेदवारको सट्टा सन्नी लियोनको तस्विर र नाम लेखिएको छ। भाइरल प्रवेशपत्र महोबा जिल्लाको रगौलिया बुढो गाउँका धर्मेन्द्र कुमारको हो। यो ३९ सेकेन्डको भिडियोमा उम्मेदवारले आफू कसरी सन्नी लियोन बनेको बताएकी छन् ।

के भएकाे थियाे ?

भिडियोमा जब व्यक्तिलाई सोधियो, "तपाईँ कसरी सन्नी लियोन बन्नुभयो र यो पूरा घटना के हो ?"

यसबारे आवेदकले सुरुमा आफ्नो एडमिट कार्ड निकालेकाे बताएका थिए । त्यसमा उनको फोटो मात्र थियो तर पछि कसरी परिवर्तन भयो भन्ने बारेमा उनलाई थाहा नभएकाे पनि भिडियाेमा बताएका छन् । जसपश्चात उनको फोटोको साटाे सन्नी लियोनको फोटो र नाम देखियो। यस्तो अवस्थामा यो एडमिट कार्ड सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो जसमा मानिसहरुले निकै रमाइलो कमेण्ट गरिरहेका छन् ।

क्याप्सनमा लेखिएको रमाइलो कुरा

यो भिडियो सामाजिक संजाल Xमा @GaurangBhardwa1 नामक अकाउण्ट मार्फत शेयर गरिएको छ। भिडियो शेयर गर्दै क्याप्सन लेखिएको छ, "यूपी नेक्स्ट लेभल.... पत्रकार- कसरी बन्नुभयो सन्नी लियोन?" यो भिडियोलाई अहिलेसम्म ६ लाखभन्दा बढीले हेरिसकेका छन् भने ६ हजारभन्दा बढीले लाइक गरेका छन् ।

एजेन्सी ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।