मितेरी डेभलपमेन्ट बैंकको बोनस हितग्राही खातामा

Feb 27, 2024 08:45 AM Merolagani

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो।

बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।