यस वर्ष नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढ्दा कुन उपसमूहको परिसूचक सर्वाधिक बढ्यो? कुन सबैभन्दा बढी घट्यो?

Apr 11, 2024 11:38 AM Merolagani

वि.सं. २०८० को अन्तिम कारोबार दिन सकिसकेको छ। यस वर्षको अन्तिम कारोबार दिन अर्थात चैत २८ गते बुधबार, नेप्से परिसूचक १०.७१ अंक घटेर २०२५.७० विन्दुमा बन्द भयो।

समग्रममा यस वर्ष नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत वर्ष अर्थात २०७९ चैत ३० गते १९३४.४७ विन्दुमा बन्द भएको नेप्से, यस वर्ष ९१.२३ अंक (४.७२ प्रतिशत) बढेर २०२५.७० विन्दुमा पुगेको छ।

त्यसैगरी, यस वर्ष सर्वसाधारण जारी गरिएका र तत्काल कारोबार गर्न सकिने शेयरहरुको कारोबार मापन गर्ने फ्लोट इण्डेक्स १.१४ प्रतिशत बढेको छ। गत वर्ष १३५.५० विन्दुमा बन्द भएको फ्लोट इण्डेक्स, यस वर्ष १.५४ अंक बढेर १३७.०४ विन्दुमा पुगेको छ।

सेन्सेटिभ कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स र सो कम्पनीहरुको तत्काल कारोबार गर्न सकिने शेयरहरुको कारोबार मापन गर्ने सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस वर्ष क्रमशः २.६६ प्रतिशत र ४.४९ प्रतिशत घटेको छ।

यस वर्ष १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस वर्ष होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५३.०२ प्रतिशत बढेको छ। गत वर्ष ३३४४.६० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस वर्ष १७७३.३७ अंक बढेर ५११७.९७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस वर्ष उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत वर्षको अन्त्यमा ४५१६.५४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस वर्ष २२३५.०७ अंक बढेर ६७५१.६१ विन्दुमा पुगेको छ।

यस वर्ष जलविद्युत र बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १५.५९ प्रतिशत घटेको छ। २०७९ साल चैत ३० गते १२५४.८३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस वर्ष १८५.६० अंक घटेर १०५९.२३ विन्दुमा झरेको छ। यस वर्ष जलविद्युत उपसमूहको परिसूचक भने १.७२ प्रतिशत घटेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।