फेरि आयो अर्को लघुवित्तको शेयर, बिजय विकासको चार लाख बीस हजार कित्ताको लागि आब्हानपत्र जारी

Mar 25, 2015 Merolagani



साधारण शेयर निश्काशनमा लघुवित्त बिकास बैंकको बाढी आउने क्रमसँग फेरि अर्को बिजय बिकास लघुवित्त बिकास बैंकले साधारण शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरेको छ । मिर्मिरे लघुवित्तको साधारण शेयरमा आबेदन बन्द भएको पर्सीपल्ट दोस्रो कम्पनीले चार लाख बीस हजार कित्ता साधारण शेयर निश्काशनका लागि आब्हानपत्र जारी गरेको हो । यस भन्दा अघिल्लो दिन मंगलबार आईएलएफसिओ लघुवित्तले चार लाख कित्ता साधारण शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरेको थियो । 

नवलपरासीको गैडाकोटमा विजय बिकास स्रोत केन्द्र नामक संस्थाले प्रबद्र्दन गरेको बिजय बिकास लघुवित्तले चैत्र १८ गतेदेखि शेयर बिक्री गर्ने सुचना जारी गरेको हो । शेयरमा लगानीकर्ताले ५० देखि २००० कित्तासम्म आबेदन गर्न पाउने छन् ।

 

राष्ट्र बैंकबाट एनजीओको रुपमा सिमित बैंकिङ कारोबार गर्ने स्वीकृति लिएर काम गर्दै आएको बिजय बिकासले केही महिनाअघि लघुवित्त बिकास बैंकमा रुपान्तरण भएपछि सर्वसाधारणमा शेयर निश्काशन गरेको हो । यसमा काठमाडौको गुडविल फाईनान्सको मुख्य लगानी रहेको छ । हाल ९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको साधारण शेयर निश्काशनपछि १५४ करोड पुग्ने छ । गत आर्थिक बर्षमा ३ लाख ९१ हजार मात्र खुद नाफा गरेको थियो ।


शेयरको निश्काशनकर्ता तथा बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकर रहेको छ । यसमा आबेदन गर्न चाहनेले ग्रोमोर मर्चेन्ट, विजय लघुवित्त, , एनआइृबीएल क्यापिटल, एस क्यापिटल, एस डेभ्लपमेन्ट बैंक, सिद्दार्थ डेभ्लपमेन्ट बैंक र साझा बिकास बैंकका शाखा कार्यालयहरुमा आबेदन बुझाउन सकिने ब्यवस्था मिलाईएको छ ।


राष्ट्र बैंकबाट सिमिति बैंकिङ कारोबार गर्ने स्वीकृति लिएका अरु १८ वटा एनजीओहरुले यसै गरी लघुवित्त बैंकको रुपमा परिवर्तन भएर काम सुरु नगरे आगामी असार मसान्तबाट उनीहरुको स्वीकृति पत्र खारेज हुनेछ ।

  

यो पनि पढ्नुहोस् 

लघुवित्तको साधारण शेयर आउने क्रम तीब्र, मिर्मिरे लगत्तै आईएलएफसीओ माईक्रोफाईनान्सको चार लाख कित्ता निश्काशन

बरुण हाईड्रो र जनउत्थान लघुवित्तको शेयर पाउनु भाग्योदय चिठ्ठा जस्तै हुने

 

Click here to enlarge Image




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।