कुमारी बैंकले ११ प्रतिशत बोनश दिने, चुक्तापूँजी २ अर्ब ७० करोड पुग्ने

Jan 18, 2016 Mero Lagani



कुमारी बैंक लिमिटेड (KBL) ले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । आइतबार बसेको बैंक संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत साता मात्रै एनसीसी लगायत अन्य चार विकास बैंकसँग मर्जरमा जाने सहमति गरेको छ ।

साथै बैंकले कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बोनश शेयरपश्चात बैंकको चुक्तापूँजी २ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत बर्ष बैंकले ३५ करोड २७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

गतसाता मात्र बैंकले नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) ,सुप्रिम, एपेक्स, ईन्फ्रास्टक्चर, ईन्टरनेशनल बिकास लगायतका बैंकसँग मर्जरको सहमति गरेको छ । यी ६ बैंक मर्ज भएपश्चात बन्ने बैंक आठ अर्ब भन्दा बढी पूँजी भएको नेपालको सर्बा्धिक ठूलो बाणिज्य बैंक बन्नेछ ।

 

एनसीसी र कुमारीसँगै चार बिकास बैंक गाभिएर आठ अर्ब पूँजीको सबैभन्दा ठूलो बैंक बन्ने

कुमारी बैंकले यसरी पुर्याउँदै छ आठ अर्ब रुपैयाँ (आधिकारिक बिबरणसहित)

यस्तो छ माछापुच्छ्रे, एनआइसी एशिया, र कुमारी बैंकको प्रगति, किन एनआइसी एशियाको नाफा घट्यो ?

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।