एसबिआई बैंकको नाफा ६२ करोड नाघ्यो, प्रतिशेयर आम्दानी झण्डै ४१ रुपैयाँ

Feb 02, 2016 Mero Lagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा नेपाल एसबिआई बैंक (SBI) ले ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको तुलनामा बैंकको नाफा  नौ करोडले बढेको हो । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा १७ प्रतिशतभन्दा धेरैले बढेको हो । गत आर्थिक बर्षको यसैअवधिमा ५३ करोड २७ लाख रुपैयाँ नाफा कमाएको बैकको नाफा चालुबर्षमा बढेर ६२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी बढेपछि नाफा बढेको हो । गतबर्षको यसैअवधिमा ९६ करोड ७० लाख ब्याज आम्दानी गरेको बैंकले यसबर्ष एक अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै बैंकको संचालन आम्दानी समेत २० करोड रुपैयाँले बढेको छ भने यसैअवधिमा ५५ करोड रुपैयाँ राइट ब्याक समेत गरेको छ ।

साथै बैंकले गत आर्थिक बर्षको यसैअवधिमा ०.२२ प्रतिशत रहेको खराबकर्जालाई ०.१७ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ २०६.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.३५ गुणा तथा तरलता अनुपात ३०.१७ प्रतिशत रहेको छ । सोमबार शेयरबजारमा बैंकको प्रतिशेयर मूल्य १३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसवधिमा बैंकले ५८ अर्ब ३५ करोड निक्षेप संकलनगरी ४१ अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप गतबर्षको यसैअवधिको तुलनामा करिब १ अर्ब र कर्जा झण्डै ३ अर्बले बढेको छ ।

साथै बैंकले गतआर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर तथा १ दशमलव ४२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । बैंकको साधारणसभा यहि माघ २४ गतेहुदैछ ।

हाल बैंकको चुक्तापुँजी ३ अर्ब ५ करोड ८० लाख रुपैंया रहेको छ । बैंकको जगेडाकोषमा मात्रै ३ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।  चुक्तापुँजी बढाउन बैंकले हाल कायम चुक्तापूँजीको ८५ प्रतिशत अर्थात २ अर्ब ६० करोड रुपैंया बराबरको हकप्रद शेयर प्रिमियममा मूल्यमा निष्काशन गर्ने योजना अधि सारेको छ । साधारणसभाबाट बैंकको प्रस्ताव पारित भएपछि हकप्रदका निष्काशनको प्रक्रिया थाल्नेछ ।

एसबीआई बैंकको लाभांस प्रस्ताव स्वीकृत, साधारण सभाको मिती पनि तोकियो, कहिले हुँदैछ बुक क्लोज ?

२८ प्रतिशत लाभांश बाड्ने एसबिआई बैंकको प्रस्ताव, २ अर्ब ६० करोड बराबरको हकप्रद निष्काशन गर्ने

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

comments powered by Disqus