एसबिआई बैंकलाई हकप्रद निष्काशनका लागि बाटो खुल्यो, मर्चेण्ट बैंक समेत संचालन गर्ने

Feb 07, 2016 Mero Lagani

नेपाल एसबिआई बैंक (SBI) ले आफ्ना शेयरधनीहरुलार्य गतबर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको लाभांश साधारणसभाले अनुमोदन गरेको छ । साथै साधारणसभाले २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गरेको छ  भने मर्चेण्ट बैंक समेत संचालनमा ल्याउने भएको छ ।

 

आइतबार राजधानीमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा २७ प्रतिशतका दरले वोनश शेयर र १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ६ करोड खुद मुनाफा कमाएको थियो । 

साथै उक्त साधारण सभाले अधिकतम रु.२ अर्ब ६० करोड सम्म हकप्रद शेयर निष्काशन गर्ने र (क) अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रति शेयर नेटवर्थको सीमा भित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्न तथा (ख) हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवशायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभामा बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धि कारोबार गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. नामको छुट्टै सहायक कम्पनी खोल्ने निर्णय गरीसकेको र छिटै सो को दर्ता तथा ईजाजतका लागि आवश्यक प्रक्रिया शुरु गर्ने समेत शेयरधनीहरु समक्ष जानकारी गराइयो ।

नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ६७ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६८२ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८१ वटा एटिएम रहेका छन् ।

एसबिआई बैंकको नाफा ६२ करोड नाघ्यो, प्रतिशेयर आम्दानी झण्डै ४१ रुपैयाँ

..............................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।