नेरुडे लघुवित्तले ५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने

Feb 21, 2016 Mero Lagani

नेरुडे लघुवित्त विकास बैंक (NLBBL) ले पचास प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २ः१ को अनुपात अर्थात नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । गत बर्षको मुनाफाबाट ४४ प्रतिशत बोनश वितरणको प्रस्ताव पारित गरेको कम्पनीले ५० प्रतिशत हकप्रद दिन लागेको हो ।

 

हाल नेरुडे लघुवित्तको चुक्ता पुँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ४४ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनश वितरण पश्चात कम्पनीको चुत्ता पूँजी १८ करोड रुपैयाँ नाघेको छ । हकप्रद वितरण पश्चात २७ करोड रुपैयाँ पुग्नेछ । 

 

कम्पनीले गत आर्थिक बर्षमा ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

नेरुडे लघुवित्तले हकप्रद सेयर निष्काशनका लागि एनसिएम मर्चेन्ट बैंकिङलाई निश्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीमा आइतबार यी दुई सस्थाबीच संझौता भएको हो । 

संझौता पत्रमा नेरुडे लघुवित्तका तर्फबाट प्रबध सञ्चालक मणिकुमार अज्र्याल र एनसिएम मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लघुवित्तले १९ जिल्लाका ४९ कार्यालय मार्फत ८० हजार ९ सय १५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले १ अर्ब ६७ करोड ८३ लाख ६ हजार ३ सय ३४ रुपैंया लगानी गरेको छ ।

 

 

पूँजी बजारमा रेकर्ड माथि रेकर्ड, हकप्रद र एफपीओले झन् उचाल्योे

 

एकबर्षमा मुद्रास्फिति दर दोब्बर पुग्यो, तलब तथा ज्यालादर वृद्धिदर भने न्यून

 

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।