दोस्रो दिनसम्ममा १ अर्ब ५७ करोडको आवेदन परेको खानी खोलाको साधारण शेयर निष्काशन आज बन्द हुँदै

Jun 01, 2016 Mero Lagani

सर्वसाधारणका लागि ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर निष्काशन गरेको खानी खोला जलविद्युत कम्पनीको शेयर निष्काशन आज बन्द हुँदैछ । माग गरे भन्दा झण्डै १७ गुणा बढी आवेदन दास्रो दिनमा नै परेको र अन्तिम दिनसम्ममा त्यो मात्रा धेरै बढ्ने भएकाले कम्पनीले छिटोमा शेयर निष्काशन बन्द हुने मितिमा नै निष्काशन बन्द गर्न लागेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिनसम्ममा परेको आवेदनको आंकडा तयार भईसकेको छैन । उसका अनुसार दास्रो दिनसम्ममा १ अर्ब ५७ करोड रुपैंयाको आवेदन परेको छ । यो माग गरेको शेयरभन्दा झण्डै १७ गुणा बढी हो ।

 

खानीखोला जलविद्युत आयोजनाको साधारण शेयरको आवेदन केन्द्र अपुग भएका कारण आवेदकको भिड भढे पछि तेस्रो दिनमा आएर राजधानीमा ३ आवेदन केन्द्र थप गरिएको छ । यस अघि सिभिल क्यापिटल, कमलपोखरी र खानीखोला जलविद्युतको संकलन केन्द्र धुम्बाराही पार्टी प्यालेसबाट मात्र आवेदन संकलन गरिएको थियो । तेस्रो दिनमा थप गरिएका ३ आवेदन केन्द्रहरुमा सिभिल बैंकको मुख्य कार्यालय कमलादी, सिभिल बैंकका शाखा कार्यालयहरु स्वयम्भु तथा जावलाखेल रहेका छन् ।

कम्पनीले निष्कासन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको शेयरका लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । आवेदकले कम्तीमा १० कित्ता देखि अधिकतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउने छन् ।

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ । कम्पनीयो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।