प्रभु बैंकभन्दा पछि एकिकृत कारोबार सुरु गरेका वाणिज्य बैंक र विकास बैंकहरुका लगानीकर्ताले बढ्दो शेयर बजारमा शेयर किनबेच गर्न पाएर रमाइरहेका बेला प्रभुका लगानीकर्ता भने थाप्लोमा हात राखेर पछुताईरहेका छन् । प्रभु भन्दा पछि एकिकृत बैंकिंग कारोबार सुरु गरेका ओम डेभलपमेण्ट बैंक, कैलाश विकास बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, मर्जर तोडेका जनता र माछापुछ्रे बैंक लगायतको अन्तिम स्वीकृति पाएको छोटो समयमा नै शेयर कारोबार खुल्ला भैसकेको छ । तर प्रभुको भने रहस्यमय ढंगले एकिकृत कारोबार सुरु भएको ६ महिना बितिसक्दा पनि शेयर कारोबार खुलेको छैन ।
२०७१ माघ १५ गते प्रभुले ग्राण्ड बैंकलाई खरिद गर्ने सम्झौता भए पछि १६ गतेदेखि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का भएकोमा राष्ट्र बैंकले एक्वायर नभई मर्जरको प्रकृयामा आउन भने पछि गत असोज १४ गतेदेखि प्रभु बैंकको पनि शेयर कारोबार रोक्का भएको थियो । ग्राण्डका लगानीकर्ता १८ महिनादेखि आफुले गरेको लगानी बन्धक भएकोमा निराश छन् भने प्रभुका लगानीकर्ता पनि १० महिनादेखि कहिले शेयर कारोबार खुल्ला भनेर पर्खिरहेका छन् ।
बेैक समस्यामा परेर शेयरको भाऊ खस्किएपछि ग्राण्डका लगानीकर्ता त्यसै पीडित थिए, त्यसमा पनि प्रभुसँगको मर्जमा कम स्वाप रेसियो पाएपछि पीडा झन् थपियो । त्यही पीडामाथि लामो समयसम्म शेयर कारोबार बन्द रहँदा लगानीकर्ताहरुको बेदना बर्णन गरी साध्य भएन । पछिल्ला दिनमा ग्राण्डका साथै प्रभुका लगानीकर्ता पनि उत्तिकै पीडित बनेका छन् ।
एक्वायर सम्झौता गरेको एक वर्ष पछि दुवै बैंकले एकिकृत कारोबार सुरु गरे पनि त्यसको ६ महिना बित्दासम्म शेयर कारोबार खुल्न नसक्नु दुखद कुरा हो । बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले यस अघि बैशाख दोस्रो सातादेखि शेयर कारोबार खुलाउने बताउँदै आएका थिए । तर राष्ट्र बैंकको निगरानी, समस्याग्रस्त संस्थाबिचको मर्जरको विषयले शेयर कारोबार खुल्न अझै केही समय लाग्ने देखिएको छ ।
लगानीकर्ताहरु राष्ट्र बैंकको निगरानीका कारण मात्र नभई प्रभु बैंकको उदासिनताका कारण आफ्नो लगानी बन्धक भएको गुनासो गर्दै आएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार असार मसान्तको वित्तीय विबरण प्रकाशित भैसकेको सन्दर्भमा केही समय पछि शेयर कारोबार खुलाउने तयारी भैरहेको छ । मेरोलगानीसंगको कुराकानीमा बैंकका प्रमुख कार्यकारी शेरचनले भने ‘केही प्रकृया नमिलेका कारण लक्षित मितिमा शेयर कारोबार खुलाउन सकिएन, अब चाँही प्रकृया अन्तिम चरणमा छन् । केही समयमा कारोबार खुल्छ ।’
शेरचनले प्रकृयागत ढिलासुस्ती के हो, अनि ठ्याक्कै कहिलेबाट शेयर कारोबार खुल्छ भन्ने सम्बन्धमा पनि खुलाएनन् । उनले लगानीकर्ताहरुको धैर्यताको सम्मान गर्दै चाँडै शेयर कारोबार खुलाउने बारेमा बैंक गम्भिर रुपमा कृयाशिल रहेको बताए ।
बैंकको शेयर कारोबार लामो समयसम्म रोकिने सम्बन्धमा कतैबाट खास कुरा नआए पनि ग्राण्ड बैंकसंगको मर्जर पछिको वित्तीय अवस्था हेरेर मात्र राष्ट्र बैंकले शेयर कारोबार फुकुवा गर्ने बुझिएको छ । प्रभु र ग्राण्डलाई एलओआई प्रदान गर्ने समयमा राष्ट्र बैंकले मर्जर पछि बन्ने बैंकको वित्तीय अवस्था कम्तीमा साविकको अवस्थामा रहेको र सुधारोन्मुख रहेको पाए पछि मात्र शेयर कारोबार फुकुवा गराउने बुँदा राखेका कारण अहिलेसम्म शेयर कारोबार खुल्न नसकेको बुझिएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगनीले प्रभुका सम्बन्धमा कानुनी प्रकृया चलिरहेकाले शेयर कारोबार सुरु हुन नसकेको बताए । मेरोलगानीसंगको कुराकानीमा उनले भने ‘कानुनी प्रकृया भएका कारण थप कुरा अहिले नै बताउन सकिँदैन ।’
तेस्रो त्रैमासमा नै ७५ करोड बढीको खुद नाफा कमाएको प्रभुको वित्तीय अवस्था त्यस बेला नै सुधारिएको देखिएको थियो । चौथो त्रैमासमा पनि बैंकले १ अर्ब रुपैंयाभन्दा बढी नाफा कमाउनुका साथै निष्कृय कर्जा अनुपातलाई पनि घटाएको आंकलन छ । बैंकले पनि त्यसै अनुरुप मर्जर पछि बैंकले वित्तीय अवस्थामा व्यापक सुधार आएको विबरण राष्ट्र बैंकमा बुझाउँदैछ ।
मर्जर पछि ५ अर्ब २३ करोड चुक्ता पूँजी बनाएको बैंकको किष्टसंगकाृे मर्जर पछिको ३ अर्ब २० करोडको २० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैंया नाघेको छ । यो सबै विबरण बुझाएर राष्ट्र बैंकलाई मर्जर पछि समस्याग्रस्त संस्थाका रुपबाट प्रभु बैंक माथि उठेको भन्दै चित्त बुझाए पछि मात्रै प्रभुले शेयर कारोबार खुलाउने स्वीकृति पाउने बुझिएको छ ।
२०७१ माघ १५ गते ग्राण्ड बैंकको प्रतिकित्ता शेयर १ सय ८४ रुपैंयामा अन्तिम पटक किनबेच भएको थियो भने प्रभुको २०७२ असोज १३ गते प्रतिकित्ता शेयर ४ सय १५ रुपैंयामा किनबेच भएको थियो ।
बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)
ग्राण्ड बैंकलाई गाभेपछि के भयो प्रभु बैंकको बित्तीय अबस्था ?
पट्यार लाग्दो पर्खाइका बिच प्रभु बैंकको शेयर कारोबार सुचारु हुने मिति अझै किन बन्यो अन्यौल ?
कहिलेदेखि सुरु होला प्रभु बैंकको शेयर कारोबार ?
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।