नेपाल बैंकले पस्कियो लोभलाग्दो प्रगति बिबरण, खुद नाफा नै तीन अर्ब बढी

Aug 11, 2016 Mero Lagani

सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंक (NBL) ले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ५२७ प्रतिशतले खुद नाफा बढाई तीन अर्ब एक करोड कमाएको छ भने जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको छ ।

यस अघि नै मेरोलगानीले नेपाल बैंकको खुद नाफा ३ अर्बको हाराहारीमा पुग्ने आंलन गरेको थियो । - 

नेपाल बैंकको खुद नाफा झण्डै तीन अर्ब ?

 

- रकमलाई करोडमा देखाईएको छ ।

नेपाल बैंकले चमत्कारिक सुधार गर्नुको रहस्य उसले ठूलो परिमाणमा गैर बैंकिड. सम्पति र शेयर बेच्नुका साथै ब्याज आम्दानी, संचालन मुनाफा र डुबेको कर्जा उठाउनु पनि हो । बैंकको प्रति शेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ तर जगेडा कोषमा जम्मा ३८ करोड मात्र भएकाले उसले यसपटक कुनै लाभांश दिन नसक्ने स्पष्ट छ । अघिल्लो बर्षमा दुई ६३ करोडले जगेडा कोष घाटामा रहेको बैंकको त्यो कोष धनात्मक हुनु नै ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ । बैंकले २३.७४ हकप्रद भने चाँडै नै निश्काशन गर्ने तयारी गरेको छ ।

नेपाल बैंकमा नयाँ संचालक समिति र प्रमुख कार्यकारीमा देबेन्द्रप्रताप शाहले जिम्मेवारी सम्हालेपछि अभुतपूर्व प्रगति देखिएको छ । बैंकले यस बर्ष पनि नागरिक लगानी कोषको झण्डै चार लाख कित्ता शेयर बेच्न लिलामको सूचना निकालेको छ भने पुराना कर्मचारीलाई बिदाई गररेर नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया जारी राखेको छ । कर्मचारी बिदाईमा नै धेरै पैसा खर्चिनुपर्ने भए पनि नयाँ कर्मचारीको प्रबेश र आधुनिक बैंकिड.मा फड्को मार्दा यस बर्ष झन् बैंकले प्रगति गर्नसक्ने संभावना छ ।

विक्रम संम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंकले देशभरीमा १२६ वटा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिइरहेको छ ।

नेपाल बैंकले बेच्ने भयो नागरिक लगानी कोषको चार लाख कित्ता संस्थापक शेयर, कसले किन्न पाउने ?

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।